सदरलाइनडटकम,
कैलाली : बालिका बलात्कारको आरोपमा कैलाली प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीबाट १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
शनिवार राती ९ बजे बालिकामाथि बलात्कार गरेको बालिकाका आफन्तले आरोप लगाएपछि किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
दुवैजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुवैजना नावालक रहेकोले उनीहरूलाई अदालतमा पेश गर्ने भन्दै प्रहरी प्रवक्ता बस्नेतलले जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएपनि कारबाही भने अदालतले तोकेबमोजिम गर्ने बताए ।
