ट्रम्पसँग तेस्रो वार्ताका लागि उत्तर कोरियाली नेताको शर्त

३० चैत्र २०७५, शनिबार १५:२७
 

सदरलाइनडटकम,
काठमाण्डौ : उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाको सही दृष्टिकोण वा मनोवृत्ति रहने भए आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो वार्ताका लागि तयार हुने बताएका छन् ।
नेता किमले जारी गरेको एक वक्तव्यमा अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौताका आधारहरु पारदर्शी र आपसीरुपमा स्वीकार्य बनाए आफू वार्ताका लागि तयार रहेको उल्लेख छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किमको भनाइसम्बन्धी समाचार प्रसारण गरेको छ । किमले दुवै देशलाई हित हुनेखालको मनसायसहितको वार्ताका लागि आफू तयार रहेको उल्लेख गरेका छन् ।
किम र ट्रम्पबीच पहिलो पटक गत वर्ष सिंगापुरमा भेटवार्ता भएको थियो । परमाणु निशस्त्रीकरणको प्रक्रियाका बारेमा सहमति नजुटेपछि वार्ता टुटेको थियो । त्यसपछि उनीहरुबीच दोस्रो वार्ता भियतनाममा भएको थियो । उत्तर कोरियाले उसमाथिको सम्पूर्ण आर्थिक प्रतिबन्ध हटाइनु पर्ने बताएको दाबी ट्रम्पले गरेका थिए ।
(एजेन्सी)

Next Post

श्रद्धालुको गहना चोर्ने बाँकेमा पाँचजना पक्राउ

३० चैत्र २०७५, शनिबार १५:२७
सदरलाइनडटकम, नेपालगञ्ज : राम नवमी पर्वको अवसरमा बागेश्वरी मन्दिरमा पूजा गर्न आएका भक्तजनको गहना चोरी गरेको आरोपमा बाँकेमा पाँच जना पक्राउ परेका छन् । मन्दिरमा आएका भक्तजनहरुका गहना चोरीको घट्ना बढेपछि प्रहरीले पाँच जना चोरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दाफाँटका प्रमुख प्रहरी निरीक्षक दीपक मल्लले गहना […]