सदरलाइनडटकम,
नेपालगञ्ज : राम नवमी पर्वको अवसरमा बागेश्वरी मन्दिरमा पूजा गर्न आएका भक्तजनको गहना चोरी गरेको आरोपमा बाँकेमा पाँच जना पक्राउ परेका छन् । मन्दिरमा आएका भक्तजनहरुका गहना चोरीको घट्ना बढेपछि प्रहरीले पाँच जना चोरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दाफाँटका प्रमुख प्रहरी निरीक्षक दीपक मल्लले गहना चोरी गर्ने कार्यमा संलग्न भारत विहारका रमेश रावत, सुजित प्रसाद, विनोद रावत, प्रमेश राई र निपेन्द्रकुमारलाई पक्राउ गरिएको जानकारी दिए ।
बिहीवार र शुक्रवार मन्दिरमा पुजा गर्न पुगेकी नेपालगञ्ज निवासी सरस्वती रसाइली र तारादेवी मल्लले लगाएको सिक्री चोरी भएको थियो । सरस्वतीको डेढ तोला तथा मल्लको तीन तोलाको सिक्री चोरी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरुको साथबाट दुई थान सिक्रीसमेत फेला परेको छ ।
Next Post
ब्राउनसुगरसहित कोहलपुरमा दुई गिरफतार
३० चैत्र २०७५, शनिबार १६:५०
सम्बन्धित
-
१४ माघ २०७४, आईतवार १५:२०
आधुनिक ढोकाको उत्पादक म्याट्रीक्स उड ईन्डष्ट्रीजको अन्तरक्रिया
-
२८ भाद्र २०७८, सोमबार १४:३८
जानकी गाउँपालिका वडा नं. ६ बालविवाह मुक्त घोषणा
-
२८ मंसिर २०८०, बिहीबार १४:२८
बेपत्ताको सम्झनामा बर्दियामा स्तम्भ निर्माण
-
७ मंसिर २०७७, आईतवार १६:५१
बर्दियाका एक संक्रमितको कोहलपुरमा मृत्यु
-
१३ श्रावण २०७९, शुक्रबार १४:४६
बाँकेमा बीमाको पैसा लिन नक्कली विवाह गरी युवकको हत्या
-
२ चैत्र २०७८, बुधबार १४:४६
खजुरा क्यान्सर अस्पतालमा पाठेघरको मुखको अप्रेशन शुरु