आठौंका लागि खजुरामा सरसफाई

२९ चैत्र २०७५, शुक्रबार १६:०६
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत खजुरामा शुक्रवारदेखि बक्सिङ खेललगायतका अन्य ४ खेल हुने भएकाले खजुरामा विहान बृहद् सरसफाई गरिएको छ । बक्सिङ हुने ज्ञानोदय मावि नजिकबाट सरसफाई शुरु गरेर खजुरा बजार भरी बृहत सरसफाई गरिएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटा, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम वली, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतम, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी स्थानीयलगायतको सहभागिता रहेको थियो । सरसफाईलाई समापन गर्दै खेलकुद मन्त्रालयका सचिव देवकोटाले खजुराबासीले खेलप्रति देखाएको चासोको प्रशंसा गरे ।
खजुरामा हुने खेल स्थलको अवलोकन समेत गरेका सचिव देवकोटाले खजुरामा आठौं खेलको तयारी राम्रो रहेको बताए । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुराबासी एकताका साथ आठौंको मिसनमा लागेको बताए । उनले चुस्त व्यवस्थापनका लागि गाउँपालिकाले सहकार्य गरेको बताए ।

Next Post

शिक्षक संगठनद्वारा असहायलाई सहयोग

२९ चैत्र २०७५, शुक्रबार १६:०६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाँकेले असहाय अशक्त तथा जेष्ठ नागरिकहरुलाई आर्थिक सहयोग तथा फलफूल वितरण गरेको छ । ४० औं शिक्षक दिवसका अवसरमा संगठनले फलफुल वितरण गरेको हो । संगठनले नेपालगञ्जस्थित शान्तिनगरमा रहेको नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक केन्द्रका असाहय बालबालिका तथा बृद्धबृद्धालाई नगद १० हजार […]