सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुरमा सोमवार गर्ने भनिएको शान्ति र्याली बिथोलिएको छ । कोहलपुर घटनाको विषयमा सर्वपक्षीय र सर्वदलीय छलफलबाट शान्तिपूर्ण र्याली निकाल्ने निर्णय भएको थियो ।
तर केही बिद्यार्थीहरुले र्याली बहिस्कार गरेपछि कार्यक्रम स्थगित भएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनका अनुसार कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाहीलाई अगाडी राखेर माफी माग्न लगाउने सहमति भएकोमा केही आन्दोलनकारी नमानेपछि र्याली कार्यक्रम हुन नसकेको हो ।
आईतवार स्कुले बालिका दुर्घटनामा किचिएपछि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि दमन गरेको भन्दै आन्दोलनकारीले कोहलपुर प्रहरी प्रमुखलाई कारवाहीको माग गर्दै आएका छन् ।
