शिक्षक संगठनद्वारा असहायलाई सहयोग

२९ चैत्र २०७५, शुक्रबार १७:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाँकेले असहाय अशक्त तथा जेष्ठ नागरिकहरुलाई आर्थिक सहयोग तथा फलफूल वितरण गरेको छ । ४० औं शिक्षक दिवसका अवसरमा संगठनले फलफुल वितरण गरेको हो ।
संगठनले नेपालगञ्जस्थित शान्तिनगरमा रहेको नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक केन्द्रका असाहय बालबालिका तथा बृद्धबृद्धालाई नगद १० हजार सहित दुध तथा फलफुल बितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रिय उपाध्यक्ष बद्रे आलम खानले बिद्यालयमा नैतिक शिक्षाको अभावमा समाजमा ज्येष्ठ नागरिकहरुले परिवार र समाजबाट अपहेलित हुनुपरेको बताए । उनले आफ्ना बालबालिकालाई संस्कार सिकाउन सबै अभिभावकहरुले बिशेष ध्यान दिनु पर्नेमा जोड दिए ।
निलसागर असाहय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रका संस्थापक अध्यक्ष सरिता खनालले सडकमा रहेका असाहय तथा बृद्द बृद्दालाई केन्द्रमा राखिएको जानकारी दिईन । उनले संसारमा सबैभन्दा ठुलो धर्म असाहय तथा बृद्धबृद्धाको सेवा भएकाले बिभिन्न चुनौतिका बिच आफुले घर र समाजबाट अपहेलित भएका लाई सेवा गरेको बताए । संगठनका जिल्ला अध्यक्ष बामदेव सुबेदीले संगठनले सामाजिक उत्तरदायित्वलाई पनि ध्यान दिएको बताए ।
उनले होटलमा गएर कार्यक्रम गर्नुभन्दा असाहय तथा बृद्द बृद्दालाई सहयोग गर्नुपर्ने संगठनले महसुश गरि कार्यक्रम तय गरेको जानकारी दिए । अध्यक्ष सुबेदीले बिद्यालयमा बिद्यार्थीलाई बिभिन्न तरिकाले नैतिकता र कर्तब्यबोध गराउने तर्फ शिक्षक तथा अभिभावकले ध्यान दिनुपर्नेमा जोड दिए ।

Next Post

बाँकेका मन्टेश्वरी स्कुलको अनुगमन

२९ चैत्र २०७५, शुक्रबार १७:१३
सदरलाइनडटकम, नेपालगञ्ज : मन्टेश्वरीहरुको छाता संगठन मन्टेश्वरी एशोसिएसन बाँकेले जिल्लाभरिका मन्टेश्वरीहरुको अनुगमन गरेको छ । नयाँ शैक्षिक सत्र शुरु हुन लाग्दा पहिलो पटक एशोसिएशनले जिल्लाभरिका मन्टेश्वरीहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र वैजनाथ गाँउपालिकामा सञ्चालित ८ ओटा मन्टेश्वरीहरुको अनुगमन गरेको छ । मन्टेश्वरी शिक्षालाई गुणस्तरीय […]