सदरलाइनडटकम,
काठमाण्डौ : केन्याको रंगीला बारबाट १२ जना नेपाली युवती पक्राउ परेका छन् । प्रहरीले बार सञ्चालकलाई पनि पक्राउ गरेको छ । केन्याको दोस्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रंगिला बारामा स्थानीय प्रहरीले छापामारी गर्दा बारमा रहेका नेपाली युवतीहरुलाई नियन्त्रणमा लिएको हो ।
गैरकानूनी यौन धन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी चलाएको कारवाहीमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाई छ ।
पक्राउ पर्ने नेपाली युवतीहरुको नाम भने खुलाईएको छैन । नेपाली युवतीहरु मानव तस्करको फन्दामा परेर कसरी नेपालबाट केन्यासम्म पुगे भन्नेबारेमा जानकारी नभएको त्यहाँको प्रहरीले जनाएको छ ।
(एजेन्सी)
