बहसमा नेपालगन्ज प्रदेश नं.५ को राजधानी

४ पुष २०७४, मंगलवार १२:३९
 

रुद्र सुवेदी
मंसिर २१ गतेसम्म यो पार्टी, त्यो उम्मेदवारले जित्छ भनेर चिया गफसंगै सामाजिक सञ्जालमा समेत बहसमा उत्रिनेहरुको दिनाचार्य यतिबेला प्रदेसको राजधानी कहाँ बनाउने भन्ने विषयमा चिया पसल, सार्वजनिक चौतारो र सामाजिक सञ्जालमा चर्को बहसमा उत्रिएका छन् । प्रदेश नं. ५ को राजधानी कहाँ बनाउने भनेर विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले सामाजिक सञ्जाल मार्फत दाङ्ग र बुटवल भन्दा नेपालगन्ज नै ठिक भनेर स्ट्याटस लेख्दै अपडेट गर्दै आएका छन् ।
नेपालगन्जले पुरानो र ऐतिहाशिक शहरसंगै प्रसस्त पूर्वाधार हुँदा पनि पञ्चायतकालदेखि नै ठगिदै आएको शहरको रुपमा परिचय पाएको छ । त्यति बेलाको शासकहरुले मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम सुर्खेतको वीरेन्द्रनगर सुर्खेतलाई तोकेर सबै सरकारी क्षेत्रीय कार्यालयको बोर्ड सुर्खेतमा राखेर कार्यालयको काम नेपालगन्जबाट गरिएको सबैलाई अनुभूती पनि नभएको होईन ।
नेपालगन्जमा राजधानीको लागि प्रशस्त पूर्वाधार छन तर, पनि नेपालगन्ज खासगरी बाँके मै प्रदेश नं. ५ को राजधानी राख्नुपर्छ भनेर यहाँका ठूला राजनीतिक दलले आवाज उठाउन त के चुक्क सम्म पनि तत्थ्यगत रुपमा बोल्न र बहसमा आउन चाहादैनन् । यद्यपी ठूला राजनीतिक दलको कार्य समिति भित्रै दोस्र वा तेस्रो वरियताको नेताहरुको सामाजिक सञ्जालको भित्तोमा नेपालगन्ज प्रादेशिक राजधानी हुनुपर्छ भनेर कराई रहेको पाईन्छ । कसैले राजनीतिक दलले नेपालगन्ज र बाँकेलाई राजधानी बनाउन पर्छ भनेर बोलेन भन्ने आरोपबाट बच्नको लागि क्रिरिया खाने बाटोको रोजाईमा दोस्रो तेस्रो बरियताका नेताको स्याल हुँयाईले नेपालगन्जमा प्रदेशको राजधानी बनाउन काम गर्दैन ।
गतवर्ष यीनै दोस्रो तेस्रो बरियताका नेताहरुको आव्हानमा नेपालगन्जमा प्रादेशिक राजधानी बनाउनको लागि संघर्ष समिति निर्माण पनि गरियो राजनीतिक दल, उद्योगी व्यापारी, विद्यार्थी, बुद्धिजिवी, वकिल, पत्रकार सबैको सहभागिता पनि जुट्यो तर, ठूला पार्टीको नेतृत्वले नै प्रदेश नं. ५ को राजधानी बाँकको नेपालगन्जमा बनाउनु पर्छ भन्ने धारणा सार्वजनिक गर्न नसके कै कारण त्यो समिति त्यत्तिकै हराएर गयो सर्घष पनि सेलायो । अहिले राजधानी दाङ्ग र बुटवल भन्ने बहसमा चरम चुलीमा छ । यो बेलामा पुनः नेपालगन्जमा प्रदेशको राजधानी बनाउनको लागि संघर्ष सुरु गर्नुपर्ने बेलामा सामाजिक सञ्जाल मै भएपनि संघर्षले तीब्रता पाएको छ ।
प्रदेश नं. १ को राजधानी धनकुटामा राख्नु पर्ने माग गर्दै आन्दोलन सुरु भएको छ । बाँकेले पनि आफ्नो लागि केही गर्न आवश्यक छ । हालै सम्पन्न निर्वाचनमा पनि प्रचारप्रसारको क्रममा बाँकेलाई राजधानी बनाउन भन्दै सबैजसो उम्मेदवारले प्रतिवद्धता जनाए । निर्वाचनको परिणाम सार्वजनिक भईसकेको छ । तर विजयी भएका उम्मेदवारहरु बाँकेलाई राजधानी बनाउन हुनुपर्ने जति सक्रिय नभएको आरोप लाग्न थालेको छ । अर्कोतिर बाँकेमा बसरे राजनीतिक, आर्थिक, शैक्षिकरुपले दोहन गर्ने र बाँकेलाई विकास गर्न तथा बाँकेको पक्षमा वकालत र पैरवी गर्ने बेलामा भने मुखमा दही जमाएर बस्नेहरुको जमातले पनि बाँकेको विकास र उन्नती भन्दा पनि दोहन नै गर्न चाहान्छ त्यो जमात बाँकेमा राजधानी हो वा नहोस चुक्क बोल्दैन बरु उल्टो दाङ्ग वा बुटवल भनेर उतैको लविङ्ग गरेर बसको पाईन्छ ।
अन्तमा बाँकेको विकासको लागि यहाँका सबै पार्टीका नेता, नागरिक अगुवा, विभिन्न सामाजिक संघसंस्था, बुद्धिजिबि, विद्यार्थी, वकील शिक्षक, प्राध्यापक, चिकित्सक, सञ्चारकर्मी लगायतका विभिन्न पेशाकर्मी सबैले आ–आफ्नो स्थानबाट एक स्वर र एकताको भावना प्रकट गर्दै बाँकेको विकास र बाँकेमै प्रदेश नं. ५ को राजधानी निर्माण गर्नको लागि पहल गर्ने हो भने असंभव भन्ने कुनै कुरा छैन ।
केही कथित बुद्धिजिविहरु प्रदेश नं. ६ मा जोडिएर बाँके बर्दियाको भलो देख्नेहरु पनि छन् त्यस्तै बुद्धिजिबिको कारण बाँकेको बघौडा क्षेत्र र बर्दियाको राजपुर क्षेत्र कर्णाली भन्दापनि विकट बन्न पुगेको यथार्तलाई बुझेर बाँके मै प्रदेशको राजधानी बनाउने अभियानमा जोडिदै लागि परौ

Next Post

घर किन्दा श्रीमती सित्तैमा पाईने घोषणा

४ पुष २०७४, मंगलवार १२:३९
एजेन्सी / नेपालगन्ज    एउटा समान किन्दा अर्को समान सित्तैमा पाउने कुरा त सुनिएकै हो तर, घर किन्दा श्रीमती सित्तैमा पाईने कुराले भने सबैलाई अचम्मै तुल्याएको छ । आफ्नो व्यापार प्रवर्धनका गर्नका लागि व्यापारीले अथवा कर्पोरेट हाउसले विभिन्न खालका आर्कषक अफरहरु ल्याउने कुरा सर्व विधितै छ । तर, एउटा यस्तो […]

सम्बन्धित