प्रधानमन्त्री कपमा प्रदेश ३ को दोस्रो जीत

१४ जेष्ठ २०७६, मंगलवार १७:२७
 

सदरलाइनडटकम,
काठमाण्डौं : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जीत निकालेको छ । मंगलवार भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई सात विकेटले हरायो । कीर्तिपुर मैदानमा पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश ३०/१ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको थियो ।
गण्डकीका लागि सुमन घिमिरेले सर्वाधिक ३४ रन बनाउँदा आकाश थापा २८ रनमा नट आउट रहे । ५० रन हुँदा ६ विकेट गुमाएको गण्डकीका लागि सुमन र आकाशले पारी सम्हालेका थिए । यी दुईले साझेदारी गर्दै टिमको स्कोर १०३ बनाएका थिए । त्यसपछि सुमन आउट भएपछि क्रिजमा आएका दीपेश श्रेष्ठले खाता खोल्न सकेनन् भने किशोर महतो १ रनमा पेभेलियन फर्किएपछि गण्डकी १०८ रनमात्र बनाउन सक्यो ।
जवाफमा प्रदेश ३ ले २२ ओभर दुई बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रदेश ३ का आदिल खानले अविजित ३८, इशान पाण्डेले २६ तथा रित गौतमले २० रन बनाए । जीतसँगै प्रदेश ३ ले तीन खेलबाट चार अंक बनाएको छ ।

Next Post

मेलमिलापकर्तालाई पुनर्ताजकी तालिम

१४ जेष्ठ २०७६, मंगलवार १७:२७
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाले मेलमिलापकर्ता वडा संयोजकका लागि पुनर्ताजकी तालिम दिएको छ । यसअघि विभिन्न समयमा मेलमिलापकर्ताका लागि तालिम प्रदान गरेकोमा वडा संयोजकलाई पुनर्ताजकी गर्न तालिम दिइएको हो । उद्घाटन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले मुद्दाभन्दा मेलमिलापमै जोड दिन मेलमिलापकर्ताहरुलाई सुझाव दिए । उनले वडाका जनतावीच […]