बाँकेमा कोरोनाको ‘ग्राफ’ बढ्दै, मंगलवार २६ जना थपिए

२७ श्रावण २०७७, मंगलवार १३:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : एक चिकित्सकसहित मंगलवार बाँकेमा २६ जना कोरोनाका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज मेडिकल कलेजका एक चिकित्सकसहित २६ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालगञ्ज, कोहलपुर र आसपासका गाउँपालिकासहितका २६ जनामा कोरोना संक्रमण देखएको छ । भेरी अस्पतालले मंगलवार दिउसो १२ बजे सार्वजनिक गरेको विवरणअनुसार बाँकेका २६ जनासहित विभिन्न जिल्लाका ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

Next Post

‘श्रीकृष्ण जन्माष्टमी’ आज मनाईंदै

२७ श्रावण २०७७, मंगलवार १३:३३
सदरलाइनडटकम, नेपालगञ्ज : ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मंगलवार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईंदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना […]