प्रदेश राजधानी व्यवस्थापनको चरण प्रारम्भ भयो : मुख्यमन्त्री गिरी

सदरलाइन संवाददाता ३ फाल्गुन २०७९, बुधबार १२:५७
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको राजधानी व्यवस्थापनको चरण प्रारम्भ भएको बताएका छन् । प्रदेश सरकारको प्रशासनिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री गिरीले ‘राजधानी व्यवस्थापनको चरणको प्रारम्भ भएको बताए । सरकारले प्रशासनीक भवन निर्माण कार्यको प्रारम्भ गरेको छ । यो कार्यलाई समयमै सम्पन्न गर्नेछौं उनले भने ।’

राजधानीको निर्णय कार्यान्वयनका क्रममा सरकारले थुप्रै समस्या बेहोरेको बताउँदै मुख्यमन्त्री गिरीले राजधानीको निर्णय कार्यान्वयन गर्न स्थायी राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाट कार्य प्रारम्भ गरेको बताए ।

यसैबीचमा सरकारले पूर्वाधारको अभावलगायतका थुप्रै समस्या झेलेको छ । शून्यबाट प्रारम्भ भएको राजधानी व्यवस्थापनको कार्यले मूर्तता पाउँदै छ । आज प्रशासनीक भवनको शिलान्यास गरिएको छ । चुनौतीलाई अवसरका रुपमा लिएर सरकार अगाडि बढेको छ ।’

प्रदेशको राजधानीलाई मुलुककै नमुना र उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री गिरीले सबैको आपसी सहयोगले मात्रै यो कार्यले पूर्णता पाउने बताए । उक्त अवसरमा निर्धारित मुख्यमन्त्री गिरीले समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।


उक्त अवसरमा बोल्दै खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्वाधार सम्पन्न बनाउनतर्फ लाग्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका साथै अन्य ९ वटा मन्त्रालयका प्रशासनीक भवन ३ वर्षमा निर्माण सम्पन्न गर्नेगरी निर्माण प्रारम्भ गरेको भन्दै मन्त्री आचार्यले शर्मा–सगुन जेभीसँग निर्माण सम्झौता गरिएको बताए ।

‘समयमै निर्माण सम्पन्न गर्नेगरी सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका साथै अन्य ९ वटा मन्त्रालयका गरी १० वटा प्रशासनीक भवन निर्माणको कार्य प्रारम्भ गरेका छौं’, मन्त्री आचार्यले भने ‘निर्माण कम्पनीले निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने बचन दिएको छ ।

यस कार्यलाई समयमै सम्पन्न गराउनतर्फ लाग्नु हामी सबैको दायित्व हो ।’ मन्त्री आचार्यका अनुसार २०८२ साल पुस २८ गते निर्माण सम्पन्न गर्ने आयोजनाका लागि मूल्य अभिबृद्धि करबाहेक ३ अर्ब ९ करोड १ लाख २९ हजार ३८ दशमलव ७२ पैँसाको लागत छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति भण्डारीद्वारा आयुर्वेद शिक्षण अस्पताल उद्घाटन

३ फाल्गुन २०७९, बुधबार १२:५७
दाङ : राष्ट्रपति विद्यादेवी भण्डारीले दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको केन्द्रीय आयुर्वेद क्याम्पस एवं शिक्षण अस्पताल उद्घाटन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत दाङको बेलझुण्डी पुगेकी राष्ट्रपति भण्डारीले बुधबार क्याम्पस एवं अस्पतालको अवलोकनसमेत गरेकी छन् । दाङको बेलझुण्डीमा आयुर्वेद स्नातक (बीएएमएस) कक्षा सञ्चालनका लागि २४ करोड ७२ लाख ८३ […]

सम्बन्धित