सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको सिकलसेल रोगको पहिचान गर्ने इलेक्ट्रोफोरशिस मेशिन बिग्रिएको तीन महिना बितिसक्दासमेत मर्मत नहुँदा बिरामीहरु मर्कामा परेका छन् । मेशिन बिग्रिएपछि सिकलसेल जाँच गराउन आउने बिरामीलाई टिकट काट्ने ठाउँबाटै फर्काउने गरिएको छ ।
मेशिन मर्मतका लागि सप्लायर्स कम्पनीलाई बारम्बार आग्रह गर्दा समेत अटेरी गरिरहेको अस्पतालले बताएको छ । विशेष गरी थारु समुदायमा देखिने सिकलसेलको रक्त परीक्षणका लागि दैनिक १० देखि १५ जना बिरामी अस्पताल आउने गरेको अस्पतालका वरिष्ठ फिजिशियन डा. राजन पाण्डेले जानकारी दिए ।
अस्पतालको मेशिन बिग्रिएपछि बिरामीहरु निजी प्रयोगशालामा चर्को शुल्क तिरेर सिकलसेल परीक्षण गराउन बाध्य भएका छन् । अस्पतालमा निःशुल्क परीक्षण सुविधा भएपनि निजी प्रयोगशालामा एक हजार पाँचसदेखि दुई हजार रुपैयाँ शुल्क तिर्नु परेको बिरामीले गुनासो छ ।
Next Post
बाँकेमा पहिलो पटक फेन्सिङ्ग खेल
२८ चैत्र २०७५, बिहीबार १७:३७
सम्बन्धित
-
१६ कार्तिक २०७६, शनिबार १३:३१
नेपाली सेनाले भित्र्यायो नयाँ विमान
-
१४ बैशाख २०७५, शुक्रबार १७:३९
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण शुरु
-
२२ फाल्गुन २०७६, बिहीबार १६:१६
ठूलो परिमाणको चाँदीसहित एक भारतीय पक्राउ
-
१६ असार २०७९, बिहीबार १५:५६
सिकलसेल नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रतिबद्धता
-
२४ माघ २०७४, बुधबार ११:५३
नेपाल टेलिकमले जरिवाना छुटको सुविधा दिएपछि पुरानो बक्यौता तिर्न आउदै ग्राहकहरु
-
२१ असार २०७८, सोमबार ०७:५१
नेपालगञ्जका सञ्चारकर्मी मोबिनुद्दिनको हृदय घातका कारण निधन