सदरलाइनडटकम,
नेपालगञ्ज : ठूलो परिमाणको चाँदीसहित बाँकेमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । ८ किलो ५ सय ग्राम चाँदीसहित भारतीय नागरिक अलिब सलमानी पक्राउ परेका हुन् ।
बाईकको टंकीमा लुकाएर चाँदी तस्करी गरिरहेको सुचनाका आधारमा प्रहरीले उनलाई बिहीवार नेपालगञ्जबाट पक्राउ गरेको हो । वडा प्रहरी कार्यलय नेपालगञ्जका प्रमुख हरीबहादुर बस्नेत नेतृत्वको टोलीले सलमानीले प्रयोग गरेको मोटरसाईकलको ट्यांकीबाट ८ किलो ५ सय ग्राम चाँदी बरामत गरेको हो ।
युपी ०३२ जेपी ३८८८ नम्बरको पल्सर मोटरसाईकल खानतलासी गर्दा पेट्रोल ट्यांकीमा लुकाई राखेको चाँदी बरामद भएको वडा प्रहरी प्रमुख बस्नेतले जानकारी दिए ।
