नेपालगञ्जका सञ्चारकर्मी मोबिनुद्दिनको हृदय घातका कारण निधन

सदरलाइन संवाददाता २१ असार २०७८, सोमबार ०७:५१
 


नेपालगञ्ज  : नेपालगञ्जका सञ्चारकर्मी मोबिनुद्दिन सिद्दिकीको हृदय घातका कारण निधन भएको छ । उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा पुग्ने बित्तिकै अस्पतालले उनको मृत्यु भएको जनाएको छ ।

४३ वर्षिय सिद्दिकी नेपाल पत्रकार महासंघ बाँके साधारण सदस्य, मुस्लिम पत्रकार क्लबका सदस्य, प्रेस संगठन बाँकेको कार्यसमिति सदस्य समेत रहेका थिए । युथ टुडे न्युज डटकमका कार्यकारी सम्पादक समेत रहेका सिद्धिकी नेपालगञ्ज–१ धम्बोझी निवासी हुन । उनका एक छोरा, एक छोरी र श्रीमती छन् ।


सिद्दिकीको निधन प्रति विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले दुख्ख व्यक्त गरेका छन् । स्व. सिद्दिकीको अन्त्यष्टि सोमबार १ बजेपछि इस्लामिक परम्परा अनुसार कब्रिस्तानमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एकको मृत्यु

२१ असार २०७८, सोमबार ०७:५१
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बुढीनन्दा ७ बाजुराका ६२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ६३ जना र […]