बाँकेमा बुधवार २६ संक्रमित थपिए, १९ जना डिस्चार्ज

सदरलाइन संवाददाता १६ भाद्र २०७८, बुधबार १५:३६
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११२ नमुना परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १७, कोहलपुर मेडिकल कलेजमा ८ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । तिमध्ये बाँकेका ८ जना छन् ।

खजुरा, बैजनाथ र कोहलपुरका २–२ जना र नेपालगञ्ज र नरैनापुरका १–१ जना रहेका छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या बाँकेमा अव १८ हजार २३ पुगेको छ ।


यस्तै बुधवार थप १९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय ३१ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १८ रहेको छ भने ४ जना भेन्टिलेटरमा छन् । ३१ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा डेढ लाखको अवैध सामान बरामद

१६ भाद्र २०७८, बुधबार १५:३६
नेपालगञ्ज : बाँके प्रहरीले झन्डै डेढ लाख मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा बेवारिसे अवस्थामा लत्ताकपडा, मोटरसाइकलका पार्ट पूर्जासहितको १ लाख ४८ हजार ६ सय ९० रुपैयाँ बराबरको सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । बरामद गरिएको सामान थप कारवाहीका लागि बुधवार नेपालगञ्ज […]

सम्बन्धित

ताजा अपडेट