ई गाउँमा विद्यालय भवनको शिलान्यास

२६ चैत्र २०७५, मंगलवार १८:३५
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा रहेको मनकामना आधारभुत विद्यालयमा पिल्लरसहितको तीनकोठे पक्कि भवनको निर्माण सुरु भएको छ । मंगलबार बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकायले भवनको शिलान्यास गरे । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवराम विसीका अनुसार भवनको सम्पूर्ण लागत करिब २८ लाख रुपियाको छ ।
जसमध्ये ७५ प्रतिशत विल्ड अन नेपाल नामक संस्थाले ब्यहोर्ने छ भने २५ प्रतिशत स्थानीय श्रोतबाट जुटाइने छ । विद्यालयका प्रधानाध्यापक तिर्थ विकका अनुसार मंगलवार विद्यालयको आयोजनामा भवन शिलान्यास तथा अतिथीको स्वागत गरिएको छ । कार्यक्रममा बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकाय, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनार, वडा सदस्य योगमाया खनाल, दलबहादुर बिसी, बलबहादुर कठायत, विरमी सुनार लगायतले अतिथीहरुको स्वागत गरेका थिए ।
कक्षा ८ सम्म अध्यापन हुने विद्यालयमा हाल तीनसय विद्यार्थी अध्ययनरत रहेका छन् । नयाँ भवनको शिलान्यासमा पुगेका पुगेका विदेशी नागरिक नेपाली मौलिक संस्कृति कुर्कुटी नाचमा ताल मिलाएर छमछमी नाचेका छन् । शिलान्यासमा अमेरिकाका २० जना शिक्षक र विद्यार्थीको टोली सहभागी छ । टोली पाँच दिनसम्म अभिभावकको घरमा बसेर निर्माण कार्यमा सहयोग गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विसीले बताए ।

Next Post

अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा काठमाडौंमा आयोजना गरिदै

२६ चैत्र २०७५, मंगलवार १८:३५
सदरलाइनडटकम, काठमाडौं   : उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ३ को अयोजना तथा त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यक्रमा २ दिने सार्कराष्ट्रस्तरीय युवा वैज्ञानिक सम्मेलन आगामी जेठ २२ र २३ गते अयोजना हुने भएको छ । मुलुकमा रहेको विभिन्न प्राकृतिक स्रोत र साधनहरुको उपयोग गर्दै […]