नेपालगञ्ज : मोहन वैद्य समूहको क्रान्तिकारी युवा संगठन नेपालले नेपालगन्जस्थित एनसेल अफिसमा कालो झण्डा गाडेको छ ।
एनसेललाई राष्ट्रियकरण गर भन्दै नेपालगन्ज एनसेल अफिसमा संगठनको एक समूहमा गएको टोलीले कालो झण्डा गाडेको छ ।


आज बिहान क्रान्तिकारी युवा संगठन नेपालले एनसेलको कर छलीबारे नागरिक स्तरीय आयोग गठन गर्नुपर्ने भन्दै कालो झण्डा गाडेको हो ।