भेरीको परीक्षणमा ६८ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २२ कार्तिक २०७७, शनिबार १८:३२
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले गत २४ घण्टामा गरेको १ सय ५४ जनाको परीक्षणमध्ये बाँकेका ५३ र अन्य जिल्लाका १५ जनामा संक्रमण पुष्टि भएको हो ।


अस्पतालको प्रयोगशालामा हालसम्म ४७ हजार ४ सय ७० जनाको नमुना परीक्षण गर्दा ३ हजार ८ सय ९८ जनामा कोरोना पुष्टि भएको अस्पतालद्वारा जारी विवरणमा उल्लेख छ ।

Next Post

बाँकेमा कण्डम दिवस मनाइयो

२२ कार्तिक २०७७, शनिबार १८:३२
नेपालगञ्ज : शनिवार २६औँ राष्ट्रिय कण्डम दिवस मनाइएको छ । दिवसका अवसरमा नेपालगञ्जको बीपी चोकमा रिक्सा चालकलगायत यात्रुलाई माक्स र कण्डम वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय बाँकेको सहकार्य तथा विभिन्न संघसंस्थाको समन्वयमा भएको कार्यक्रममा माक्स नलगाएर हिँडिरहेका यात्रु र सर्वसाधारणलाई माक्स र कण्डम वितरण गरिएको नेपालगञ्ज […]