अवैधरुपमा औषधि कारोबार गर्नेमाथि मुद्दा

२१ असार २०७६, शनिबार १६:५९
 

सदरलाइनडटकम,
यदुराज मिश्र/नेपालगञ्ज : नेपालमा दर्ता नभएका औषधिहरु विक्री वितरण गरेको आरोपमा दुई जनामाथि मुद्दा चलाइएको छ । बर्दियाको गुलरिया ६ स्थित मिन्सु सेवा क्लिनिकका सञ्चालक शैलेन्द्रकुमार गुप्ता र बझाङ जयपृथ्बी नगरपालिका ९ का रोहित धामीमाथि मुद्दा चलाइएको हो । गुलरिया ८ बस्ने २७ बर्षीय गुप्ताले अवैधरुपमा सञ्चालन गरेको औषधि पसलमार्फत नेपालमा दर्ता नभएका औषधिहरु गैरकानूनीरुपमा विक्रीवितरण गर्दै आएकोले औषधि व्यवस्था विभाग नेपालगञ्जले जिल्ला अदालत बर्दियामा मुद्दा दर्ता गरेको छ ।
विभागको टोलीले अनुगमन गर्दा औषधि ऐन २०३५ को दफा १० को बर्खिलाप पसल दर्ता नगरी मेडिकल सञ्चालन गरेको पाइएको भन्दै नेपालगञ्ज शाखाकी प्रमुख निनु श्रेष्ठले नेपालमा दर्ता भएका औषधि र फर्मास्टिबिना औषधिको कारोबार गरेकोले अनुसन्धान गरेर पसल सञ्चालक गुप्तामाथि मुद्दा चालइएको बताइन् । औषधि ऐन २०३५ को दफा ३४ को उपदफा १ र २ को उपदफा घ बमोजिम ५ वर्षसम्मको कैद र जरिवाना मागदाबी गर्दै गुप्तामाथि मुद्दा दायर गरिएको उनको भनाई छ ।
यसैगरी नेपालमा दर्ता नभएका ४४ प्रकारका औषधि झोलामा बोकेर ओसारपसार गरेको आरोपमा बझाङको जयपृथ्बी नगरपालिका ९ बस्ने धामीमाथि मुद्दा दर्ता गरिएको छ । औषधि ऐन २०३५ को दफा ३४ को उपदफा १ बमोजिम ३ बर्षसम्मको कैद र जरीवाना मागदाबी गर्दै उनीमाथि कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका फार्मेसी निरीक्षक दिपेन्द्रकुमार साहले बताए ।
अवैध औषधिहरु गैरकानूनीरुपमा भारतबाट नेपाल भित्र्याएका धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरी थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाएको थियो । नेपालमा दर्ता नभएका औषधिहरु अवैध तरिकाले भारतबाट नेपालमा निकासीपैठारी गरेको कसुर पुष्टि भएकोले उनीमाथि मुद्दा चलाइएको फार्मेसी निरीक्षक यादवप्रसाद ढकालले जानकारी दिए ।


Next Post

मन्टेश्वरी एशोसिएशनद्वारा चित्रकला प्रदर्शनी

२१ असार २०७६, शनिबार १६:५९
सदरलाइनडटकम, नेपालगञ्ज : मन्टेश्वरी एशोसिएशन बाँकेद्वारा आयोजित बाल चित्रकला लेखन तथा प्रदर्शनी शनिवार भव्यताका साथ सम्पन्न भएको छ । उक्त प्रदर्शनीमा मन्टेश्वरी एशोसिएशनमा आवद्ध बाँकेका ११ वटा मन्टेश्वरी स्कुलका करीब ४२ जना बालबालिकाहरुले भाग लिएका थिए । सहभागी बालबालिकालाई प्रशंसापत्र तथा ट्रफी प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर […]

सम्बन्धित