दाङमा पूर्वाधार अभावले अस्थायी राजधानी बुटवल : देउवा

२० चैत्र २०७५, बुधबार १६:४८
 

सदरलाइनडटकम,
दाङ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दाङमा पूर्वाधारको अभाव भएकाले प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवल तोकेको बताएका छन् । नेपाल प्रेस युनियन दाङले बुधवार लमहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले अस्थायी राजधानीका लागि सुरुमा चाहिने भौतिक संरचनालगायत धेरै कुराको अभाव देखेर नै दाङमा अस्थायी राजधानी राख्न नसकिएको बताए ।
‘दाङमा एउटा सभाहल छैन्, राजधानीका लागि चाहिने पूर्वाधार छैनन् अनी कसरी हुन्छ राजधानी’ उनले भने’ पुर्वाधार नभएको हुनाले नै मैले बुटवललाई अस्थायी राजधानी तोकेको हो, स्थायी राजधानि तोक्ने अधिकार प्रदेश सभालाई नै छ, उसैले अव सबै हिसावले उपयुक्त ठाउँमा स्थायी राजधानी तोक्छ ।’ युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमकोे सहजीकरण सचिव आरके सितलले गरेका थिए ।

Next Post

नेपालगञ्ज रंगशालाको विद्यार्थीद्वारा अवलोकन

२० चैत्र २०७५, बुधबार १६:४८
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भएका भौतिक पूर्वाधारको स्कुले विद्यार्थीले अवलोकन गरेका छन् । आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भएका भौतिक पूर्वाधार अवलोकन गर्न योग्य भएपछि स्कुले विद्यार्थी अवलोकनका लागि नेपालगञज रंगशाला आएका हुन् । बार्षिक परीक्षा सकिएकोले थप सिकाईका तल्लो कक्षाका विद्यार्थीलाई नेपालगञ्ज रंगशालामा निर्माण […]

सम्बन्धित