मंगलबार रातिदेखि सीमा नाका बन्द हुँदै

सदरलाइन संवाददाता २६ बैशाख २०७९, सोमबार ११:४५
 

नेपालगन्ज  : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भारतसँग जोडिएका बाँकेका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिने भएको  छ ।

यही आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि बैशाख २७ गते राती १२ बजेदेखि बैशाख ३० गते राती १२ सम्मका लागि नेपाल भारत सीमा नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरेर जानकारी दिएको छ ।


तोकिएको अवधिभर कुनै पनि सवारीसाधन र कोही कसैलाई पनि सीमा नाकाबाट आवातजावत गर्नमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘निर्वाचन आचार संहिता उम्मेदवारले मनन गर्नेहो’

२६ बैशाख २०७९, सोमबार ११:४५
नेपालगञ्ज  :  बाँकेका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत बाँकेका बरिष्ठतम न्यायाधिश खडानन्द तिवारीले निर्वाचन आचारसंहित राजनीतिक दल र उम्मेदवार आफैले मनन गर्ने कुरा भएकोले यसको पालना गर्नको लागि आयोगले अंकुश लगाउन नपर्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् । सोमबार बिहान संवाद समुहले बाँकेका विभिन्न राजनीतिक दलका उम्मेदवार सहभागी भएको […]