सदरलाइनडटकम,
डोटी : डोटीका विभिन्न ठाउँमा परेको असिनाले गहुँ, तोरी तथा तरकारीवालीमा नोक्सानी गरेको छ । सोमवार साँझ परेको असिनाले डोटीका बडिकेदार, बोगटान, जोरायल, केआईसिंह, सायल, पूर्विचौकी लगायतका गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकाका सयौँ रोपनी खेतमा लगाइएको गहुँ खेती, तोरीबाली तथा तरकारीलगायत अन्य बालीमा नोक्सानी पुर्याएको सायल गाउँपालिकाका स्थानीय माधब ओझाले बताए ।
गत महिना बाक्लो हिमपात भएका कारण गहुँ लागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसानहरु सोमवार साँझ परेको असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति र्पुयाएपछि निराश भएका छन् । डोटीमा वर्षासहित असिना परेको यो दोस्रो पटक हो ।
