कोरोना संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता १६ असार २०७८, बुधबार १५:५४
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगञ्ज र चन्दनाथका महिला र पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट केन्द्र बाँकेले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ की ७२ वर्षीया महिलाको बुधवार दिउँसो मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि असार ३ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसको भोलिपल्ट उनी भेरीको कोभिड वार्डमा भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा दिउँसो १ः २० मा मृत्यु भएको हो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ११ पुगेको छ ।


असार ३ गते यता भाइरस संक्रमणबाट बाँकेका कसैको पनि मृत्यु भएको थिइएन् । त्यस्तै चन्दनाथ नगरपालिका १० जुम्लाकी ६८ वर्षीया महिलाको गएराती मृत्यु भएको हो । असार ९ गते भाइरस संक्रमण पुष्टि भएकी ति महिला १४ गते अस्पतालको कोभिड वार्डमा भर्ना भएकी थिइन् ।

स्वास्थ्यमा सुधार नआएपछि उनको उपचारकै क्रममा गएराती साढे ८ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज वलीले जानकारी दिए । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृत्यु हुने भाइरस संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा ७ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै

१६ असार २०७८, बुधबार १५:५४
नेपालगञ्ज : लुम्बिनी प्रदेशमा ७ जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । हाल नेपालमा १८४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुनेक्रममा लुम्बिनी प्रदेशमा ७ जना संक्रमितको पनि भइरहेको हो । यस्तै लुम्बिनीमा ५४ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ६४९ संक्रमितको आईसीयूमा उपचार […]