उढरापुरमा प्राविधिक विद्यालय भवनको शिलान्यास

१२ चैत्र २०७५, मंगलवार १८:५९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ मा प्राविधिक विद्यालयका लागि भवनको मंगलवार शिलान्यास गरिएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले पहिलो चरणमा निर्माण हुने ४ कोठे भवनको शिलान्यास गरेका हुन् ।
खजुरा गाउँपालिका वडा नं. ५, ६, ७ र ८ साविकका उढापुर, सोनपुर र रनियापुरका मधेशी तथा मुस्लिम बाहुल्य क्षेत्रलाई लक्षित गरी ४० लाखको लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो । खजुरा गाउँपालिकामा रहेका ८ वडाका वडाध्यक्षहरुको लागि सवारी साधन खरिद गर्न छुट्याइएको ३० लाख रुपैयाँ वडाध्यक्षहरुले नलिएर शैक्षिक त्यो पनि प्राविधिक शिक्षाका लागि लगानी गर्ने बताएपछि स्थानीय तहले १० लाख थपेर उढरापुरमा प्राविधिक शिक्षालय खोल्ने निर्णय गरेको थियो ।
खजुरा गाउँपालिका वडा नं. ६ स्थित भानु मावि उढरापुरमा निर्माण गर्न लागिएको उक्त भवनको शिलान्यास कार्यक्रममा वडा नं. ६ का अध्यक्ष साविर जोलाहा, ७ का अध्यक्ष अतिउल्ला खाँ, वडा नंं. ५ का अध्यक्ष देवेन्द्रमान श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोवरे शेष, विद्यालयका शिक्षक बुद्धि बञ्जारे, स्थानीयलगायतको सहभागिता रहेको थियो ।

Next Post

भट्टराईको ‘चल्यो हावा चल्यो’ बजारमा

१२ चैत्र २०७५, मंगलवार १८:५९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली गीत संगीतको क्षेत्रमा फेरी एउटा हावा चलेको छ । दिनप्रतिदिन नयाँ कलाकारहरु जन्माईरहेको साँगितिक क्षेत्रले फेरी नयाँ गायक जन्माएको छ । नव गायक भुवन भट्टराईले आफ्नै शब्द संगीतमा नयाँ गीत सार्वजनिक गरेका छन । गायिका टिका पुनसँग मिलेर गायक भट्टराईले ‘चल्यो हावा चल्यो’ बोलको गित सार्बजनिक […]

सम्बन्धित