गुण्डागर्दी र चोरी डकैती नियन्त्रण गर्न वडाको सर्बदलिय माग

४ चैत्र २०७४, आईतवार १८:५९
 

सदरलाइनडटकम 
४ चैत, नेपालगन्ज : गुण्डागर्दी र चोरी डकैतीलाई प्रसय नदिन र समाजमा शन्ति सुरक्षाको अवस्था कायम राख्न नेपालगन्ज–१२ का नागरिक अगुवाले सामुहिक आग्रह गरेका छन् ।
गत शुक्रबार साँझ नेपालगन्ज–१२ का डिलाराम पौडेलको घर फोडेर चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका सोही ठाँउका २५ वर्षिय दिपेन्द्र अधिकारी र २१ वर्षिय करण गिरिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि उनीहरुलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै नागरिक अगुवाहरुले सो आग्रह गरेका हुन ।
पौडेलको घर भित्रै बसेर चोर्दै गरेको अवस्थामा शुक्रबार राती ९ बजेतिर गिरि र बाहिर बसेर चोरीका सामान थान्को लगाउने र अन्य कार्यमा सक्रिय रहेका अधिकारीलाई सोही दिन नै प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
प्रहरीले सुरुमा घरभित्र पक्राउ परेका गिरीलाई नियन्त्रणमा लिएर सोघपुछ गर्दा सो चोरीको मुख्य नाईके नै अधिकारी भएको खुल्न आएकोले अधिकारीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको हो ।
प्रहरीका अनुसार प्रहरी नियन्त्रणमा परेका अधिकारी यसअघि नै विभिन्न कसुरमा प्रहरी नियन्त्रणमा परेको र केही दिन अघिमात्र हिराशत मुक्त भएका हुन । उनको घरकोठा खानतलासि गर्दा कोठामा खुडा भेटिएको प्रहरीले जनाएको छ ।
नेपालगन्ज वडानं. १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीको अगुवाईमा वडामा भएको सर्व पक्षिय सर्व दलिय भेलाले चोरी र गुण्डागर्दीमा संलग्न रहेका अधिकारी र गिरीलाई छुटाउनको लागि राजनीतिक दवाब नदिने र उनीहरुलाई कडा कारवाहीको लागि पहल गर्ने लगायतको निर्णय गरी जिल्ला प्रहरीमा बुझाएका छन् ।

Next Post

५ नंम्बर प्रदेशमा सरकारको मन्त्रिपरिषद विस्तार हुँदै बाँकेकी आरती मन्त्री बन्दै

४ चैत्र २०७४, आईतवार १८:५९
सदरलाइन  डेस्क  ४ चैत, नेपालगन्ज : ५ नंम्बर प्रदेशमा सरकार विस्तारको अन्तिम गृहकार्य सहित तयारी भएको स्रोतले जनाएको छ । ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सोमबारसम्ममा कम्तीमा ३ मन्त्री थप गरेर मन्त्रिपरिषद ६ सदस्यीय बनाउने तयारी भएको बताईएको छ । एमालेका आरती पौडेल (बाँके), विष्णु पन्थी (कपिलवस्तु), लिला गिरी […]

सम्बन्धित