सदरलाइनडटकम,
नेपालगञ्ज : ठूलो परिमाणको प्रतिबन्धित भारतीय कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मण थारुको नेतृत्वमा खटिएको टोलीले आज बिहान पौने ६ बजे चौलिक्का चोकबाट उक्त कुखुरा बरामद गरेको हो ।
भन्सार नाका छलि भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गर्दा तीनवटा साईकलसहित २ सय ५० किलो कुखुरा नेपालगञ्ज १६ चौलिक्का चेकप्वाईन्टमा पक्राउ गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताए । ५६ हजार मूल्य बराबरको उक्त कुखुरालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन चेकपोष्ट जमुनाहमा बुझाइएको उनले जानकारी दिए ।
