मो. हारुण १० औ महाधिवेशनमा मुस्लिम कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार

सदरलाइन संवाददाता ९ मंसिर २०७८, बिहीबार १७:१६
 


नेपालगञ्ज :  एमालेको १० औ महाधिवेशनको तिथि नजिकिदै गर्दा बाँकेका नेताहरुले केन्द्रीय सदस्यको दाबी गर्दै सामाजिक सञ्जालमा आफुलाई सहयोग गर्नको लागि आव्हान गरेका छन् । यसरी आव्हान गर्नेहरुमा बर्तमान केन्द्रीय सदस्य मो. हारुणदेखि पुजन विश्वकर्मासम्म रहेका छन् ।

मधेस आन्दोलन तथा त्यसपछिका समयमा नेकपा एमालेलाई मधेस विरोधी पार्टीको रुपमा प्रहार भईरहँदा नेपालगञ्जमा खम्बाको रुपमा अडिग रहेका हारुन हाल नेकपा एमालेको केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह इन्चार्ज हुन ।

बाँके जिल्लाका स्थापित नेता हारुन विद्यार्थी र पत्रकारिताको राजनीतिसँगै एमालेको राजनीतिमा क्रियाशिल उनले पत्रकार महासंघको केन्द्रीय सदस्य र प्रेस चौतारी बाँकेको अध्यक्षको रुपमा सफलतापुर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

नेकपा एमालेको दुई पटक नेपालगञ्ज नगर कमिटीको सचिवको जिम्मेवारी सम्हालेका उनी ७ पटक बाँके जिल्ला कमिटीको सदस्य, एमाले भेरी अञ्चल कमिटीको सदस्य तथा प्रचार विभाग प्रमुख, नेपाल मुस्लिम ईत्तेहाद संगठन र लोकतान्त्रिक मधेसी संगठनमा समेत निरन्तर सम्वद्ध रहँदै आएका छन ।


हारुन ईत्तेहाद संगठनको चार कार्यकाल केन्द्रीय उपाध्यक्ष र लोकतान्त्रिक मधेसी संगठनको सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यको रुपमा तराई मधेसमा एमालेको संगठन विस्तारमा निरन्तर क्रियाशिल रहँदै आएका छन् ।

अप्mना कुरा प्रष्टसँग राख्न सक्ने हारुन कार्यर्कर्तामाझ लोकप्रिय नेताको रुपमा परिचित छन । बाँके जिल्लामा केही समयअघि चार हजार ५ सय बढि नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गराउन जिल्ला सह इन्चार्जको रुपमा उनको महत्वपूर्ण भूमिका रहेको एमाले बाँकेका नेताहरुको भनाई छ ।

पश्चिम नेपालकै मुस्लिम समुदायबाट स्थापित नेता हारुन आसन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने बताए । पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक रहेका हारुनले केन्द्रीय सदस्यको रुपमा बाँकेमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न नेतृत्वदायी भूमिका निभाउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पु्जन पश्चिम नेपालको समावेशी कोटाको केन्द्रीय सदस्यको उम्मेदवार

९ मंसिर २०७८, बिहीबार १७:१६
सन्दर्भ : एमालेको १०औ महाधिवेशन नेपालगञ्ज : द्वन्द्व पत्रकारिता क्षेत्रबाट सक्रिय राजनीतिमा लागेका नेकपा एमाले बाँकेका नेता पुजन विश्वकर्माले दशौँ राष्ट्रिय महाधिवेशनमा समावेशी कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सुनसरीदेखि काठमाण्डौ हुदै बाँकेमा २ दशकदेखि संघर्षरत नेता विश्वकर्मा एमाले बाँके केपि पक्षमा रहि अञ्चल कमिटी सदस्य, प्रदेश […]

सम्बन्धित