धोबी समुदायका गयाप्रसाद बने नयाँ मुखिया

सदरलाइन संवाददाता १७ कार्तिक २०७७, सोमबार १३:००
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा धोबी बिरादरको नयाँ महतौ चयन गरिएको छ । जानकी गाउपालिका–३ मोतीपुरका झलारी भन्ने गयाप्रसाद धोबीलाई नयाँ महतौ चयन गरिएको हो ।

कात्तिक ५ गते धोबी बिरादरका अगुवा महतौ बुधाई धोबीको ७९ बर्षको उमेरमा असमयिक निधन भएपछि उनकै भाई झलारीलाई नायँ महतो चयन गरिएको हो ।
स्व. महतौ बुधाईको १४ गते परेको दशवाको अवसरमा भेला भएका धोबी बिरादरले उनको भाईलाई महतौ चयन गरेका थिए ।


एक कार्यक्रमका बिच आर्य सेवा समाज बाँकेले बुुधाई धोबीका छोरा गुरुदिन धोेबीलाई खादा ओढाएर सम्मान गर्नुका साथै शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्नका ईश्वर सँग कामना गरेका थिए ।

यसैगरी गयाप्रसाद धोबीलाई साफा ( पगडी ) लागाएर आर्य सेवा समाज बाँकेका अध्यक्ष पवनकुमार कानौजिया, महासचिव कौशल कुमार धोबी, कोषाध्यक्ष राजकुमार धोबीले समुदायको हितमा काम गर्न सुझाव दिएका थिए । आर्य समाज बाँकेले अबदेखि बाँके र बर्दियाका सम्पुण बिरादरका विवरण राख्ने, असहाय ,गरिब परिवारका बालबालिका शिक्षामा जोड दिने भएको छ ।

Exif_JPEG_420

Exif_JPEG_420

Next Post

कोरोना संक्रमणको कारण वडा सदस्य महिलाको मृत्यु

१७ कार्तिक २०७७, सोमबार १३:००
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट एक जनप्रतिनिधि महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार मृतक महिलालाई गत कात्तिक ४ गते संक्रमण पुष्टि भई उसैदिन भेरी अस्पतालमा भर्ना भएकी थिईन । नेपालगञ्ज उपमहानगर वडानं. २ की ६७ वर्षिया महिलाको उपचारको क्रममा सोमबार बिहान १० […]