फुल्टेक्रा माविमा वृक्षारोपण

सदरलाइन संवाददाता १८ असार २०७९, शनिबार १४:४७
 

नेपालगञ्ज : नेपालगञ्जस्थित फुल्टेक्रा माध्यमिक विद्यालयमा बृक्षारोपण गरिएको छ । क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जले वृक्षरोपण तथा सरसफाइ अभियानअन्तर्गत शनिवार नेपालगञ्ज उपमहानगरपालिका वडा न.६ स्थित फुल्टेक्रा माध्यमिक विद्यालयको प्रांगणमा २५ वटा विभिन्न जातका बिरुवा रोपण गरेको हो ।

क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जको संयोजक डा. विनोद कर्णको संयोजकत्वमा फुल्टेक्रा माविका शिक्षक, शिक्षिका, व्यवस्थापक समिति, स्थानीय तथा नेपालगञ्ज ग्यालरीको टिम लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको थियोे ।


नेपालगञ्जलाई हरियाली बनाउने उद्देश्यले १९३ ओैं हप्तासम्म आइपुग्दा नेपालगञ्जका धेरै ठाउँहरुमा वृक्षारोपण र सरसफाइ गरिएको डा. कर्णले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेविसंघद्वारा भेरीका विरामीलाई फलफूल वितरण

१८ असार २०७९, शनिबार १४:४७
नेपालगञ्ज : नेपाल विद्यार्थी संघ बाँकेले भेरी अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीका अवसरमा विरामीहरुलाई फलफूल वितरण गरिएको नेविसंघ बाँकेका कार्यबहाक अध्यक्ष चक्र बहादुर रावतले बताए । भेरी अस्पतालमा उपचाररत तीन दर्जन विरामीहरुलाई फलफूल वितरण गरिएको रावतले […]