किन आकासिदै छ सुनको मूल्य ?

सदरलाइन संवाददाता ३१ चैत्र २०८१, आईतवार १७:५०
 

नेपालगञ्ज : नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा नेपाली बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८६ हजार पुगेर नयाँ रेकर्ड कायम भएको छ । गत शुक्रबारको तुलनामा आतइबार प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

पछिल्लो समयमा अमेरिकाले लिएको व्यापार नीति, रूस–युक्रेन युद्ध, अमेरिका र चीनको बीचको तनावका कारण विश्वका लगानीकर्ताले सुनमा लगानी गर्न थालेको हुन् । अन्तर्राष्ट्रिय बजारमा देखिएको व्यापारको उचारचढाव घरेलु बजारमा पनि देखिएको हो ।

‘एउटा कारण भूराजनीतिक तनाव नै हो । युक्रेन–रूसबीचको युद्ध र इजरायल–हमास युद्ध । दोस्रो कारण अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले चुनावी घोषणापत्रमा तीन वटा कुरालाई प्राथमिकता दिएका थिए– डलरलाई रिजर्भ करेन्सीमा विकास गर्ने, आर्थिक क्षेत्र सुधार गर्ने र युद्धविराम गर्ने ।


त्यसो हुँदा त्यति बेला सुनको मूल्य घटेको थियो । तर अहिले फेरि बढ्यो किनकि उनले भने बमोजिम भएन । कर नीतिमा फेरबदल हुँदा आर्थिक क्षेत्रमा ठूलो हलचल भयो’–नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

डलर कमजोर हुँदा मानिसहरूले सुरक्षित लगानीका लागि धमाधम सुन किनेकाले पनि सुनको मूल्य बढेको उनको तर्क छ ।

सामान्यतया नेपाली बजारमा दैनिक २० केजी सुन खपत हुने गरेको भए पनि अहिले दैनिक ७ केजी पनि हुन सकिरहेको छैन । मूल्य बढी हुँदा बजार चालयमान हुन नसकेको व्यवसायीहरूको भनाइ छ ।

आइतबार चाँदीको मूल्य पनि उकालो लागेको छ । गत शुक्रबार प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ५५ रुपैयाँ बढेर १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना

३१ चैत्र २०८१, आईतवार १७:५०
नेपालगञ्ज :  अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ […]