नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै

३० बैशाख २०७७, मंगलवार १४:१२
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । नेपालमा एकै पटक ५७ जना कोरोना भाइरस संक्रमित थपिएपछि संक्रमितको संख्या बढ्दै गईरहेको तथ्यांकले देखाएको छ ।
थपिएका सबैजना संक्रमित पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन् ।
स्वास्थमन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । यसअघि सोमवार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए । नेपालमा भेटिएकामध्ये हालसम्म ३३ जना निको भएर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।


Next Post

भारतबिरुद्ध राप्रपाको प्रदर्शन

३० बैशाख २०७७, मंगलवार १४:१२
सदरलाइनडटकम, नेपालगञ्ज : भारतीय बिस्तारबादबिरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले नेपालगञ्जमा प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले मंगलवार बिपी चोकमा सीमा अतिक्रमण बिरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा बिदेशी हस्ताक्षेप बन्द गर, हाम्रो भूमि फिर्ता गर, लिपुलेक हाम्रै हो, नालापानी हाम्रो हो भन्ने नारा लगाइएको थियो । प्रदर्शनकारीले ओली […]