बमको आशंकामा डिष्पोज गर्दा नुनको पोका

१ पुष २०७६, मंगलवार १४:५९
 

सदरलाइनडटकम,
दाङ : दाङको घोराही उपमहानगरपालिका १५ गुलरियामा मंगलवार विहान भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । गुलरीयाको मातृभूमी टोल स्थित मोहन अधिकारीको घरको गेटमा भेटिएको शंकास्पद बस्तु बम नभएको नेपाली सेनाको टोली पुष्टि गरेको हो ।
पलाष्टिकको पोकामा तार बेरेर राखिएको बस्तुलाई रिपु मर्दन गणबाट गएको नेपाली सेनाले निष्कृय पार्दा भित्र दुई पोका नुन भेटिएको छ । गणका मेजर श्याम थापा क्षेत्रीको कमाण्डमा गएको टोलीले उक्त बस्तुलाई निष्क्रिय पार्ने क्रममा नून भेटिएको हो ।
बिहान अधिकारीको घर बहिरको गेटमा उक्त बस्तु भेटिएपछि त्यस क्षेत्र त्रसित बनेको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी सहित नेपाली सेनाको टोलीले लगत्तै उक्त क्षेत्रलाई नियन्त्रणमा लिएको थियो । तर्साउनका लागि उक्त बस्तु राखेको हुने सक्ने अनुमान गरेपनि कस्ले राखेको हो भन्ने खुलेको छैन् ।

Next Post

राष्ट्रिय बहिरा महासंघको साधारणसभा बुटवलमा शुरु

१ पुष २०७६, मंगलवार १४:५९
सदरलाइनडटकम, बुटवल : राष्ट्रिय बहिरा महासंघ नेपालको २३ औं केन्द्रीय बार्षिक साधारण सभा बुटवलमा शुरु भएको छ । दुई दिनसम्म चल्ने साधारण सभाको मंगलवार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश ५ अपाङ्ग मैत्री प्रदेशको रुपमासरकारले परिकल्पना गरेको जानकारी दिदै यसलाई […]

ताजा अपडेट