सदरलाइनडटकम,
काठमाण्डौ : चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । घाइतेमध्ये ३२ जनाको अवस्था गम्भीर छ । पूर्वी चीनको येनचंग शहरमा रहेको तियानजियाई केमिकल प्लान्टमा विस्फोट भएको हो । विस्फोटलगत्तै कारखानामा रहेका ६ सय ४० जनालाई अस्पताल पुर्याइएको थियो ।
विस्फोटपछि कारखानामा आगो लागेको थियो । यो कारखानामा उर्जा उत्पादनको काम हुँदै आएको थियो । चिनियाँ भूकम्प मापन केन्द्रले विस्फोटको समयमा २ दशमलव २ म्याग्नेच्युटको धक्का महशुस भएको जनाएको छ । कारखानामा लागेको आगो नियन्त्रणमा लिइएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
(एजेन्सी)
