गाडी दुर्घटनामा परेर मेयर रेनु दाहाल घाइते

सदरलाइन संवाददाता १३ जेष्ठ २०७९, शुक्रबार १७:१६
 

काठमाण्डौ : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेर घाइते भएकी छन्। गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको ललितपुर प्रहरीले जनाएको छ ।


उनी चढेको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन् । उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंकीपक्स रोगप्रति सचेत हुन् स्वास्थ्य मन्त्रालयको अनुरोध

१३ जेष्ठ २०७९, शुक्रबार १७:१६
  नेपालगञ्ज :  विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीफक्स रोग नेपाल पनि जोखिममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किफक्सका सङ्क्रमित फेला नपरेको बताए । उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा […]