लुम्बिनी प्रदेशमा शुक्रबारभित्रै सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे

सदरलाइन संवाददाता २६ बैशाख २०८०, मंगलवार १४:२८
 

बुटवल : लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री तथा प्रवक्ता सन्तोष पाण्डेले यही शुक्रबारभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । प्रवक्ता पाण्डेले जनताले अनुभूति गर्ने गरी काम गर्ने टिम सहितको लुम्बिनी प्रदेश सरकार विस्तारका लागि आन्तरिकरुपमा छलफल भइरहेको बताए ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा मंगलबार आयोजना गरेको कानुन र सुशासन विषयक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले दिगो विकासको अवधारणासहित सरकार अघि बढ्ने जिकिर गर्दै सङ्घीयतालाई पूर्णरुपमा कार्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिए ।

मन्त्री पाण्डेले आम नागरिकले सुशासनको अनुभूति पाउने गरी मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार लाग्ने दाबी समेत गरे ।


त्यसैगरी, कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नेकपा एमाले कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको जिकिर गर्दै भ्रष्टाचारीलाई संरक्षण गरेर नबस्ने बताए ।

उनले प्रदेश सरकारले कानुनको अभावका कारण सोचेअनुसारको गति लिन नसकेको बताउँदै अधुरा ऐन र कानुन निर्माणमा एमालेले सहयोग गर्ने जानकारी उल्लेख गरे ।

चौधरीले नेकपा एमालेले भागबण्डाको राजनीति स्वीकार नगर्ने भन्दै आर्थिक सङ्कटको अवस्थामा प्रदेश सरकारलाई मन्त्रालय नथप्न सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके र बर्दियामा थालेसेमियाका बिरामीको पहिचान खुल्दै

२६ बैशाख २०८०, मंगलवार १४:२८
नेपालगञ्ज : बाँके र बर्दियामा थालेसेमियाका बिरामीको पहिचान खुल्न थालेको छ । बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले जानकारी दिए । जिल्लाको कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिका र राजापुर […]