भिजन आँखा अस्पतालद्वारा भवानियापुरमा निशुल्क आँखा शिविर

२ चैत्र २०७५, शनिबार १८:१७
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्जको सुर्खेतरोड नर्सिङ्गहोम अगाडि रहेको भिजन आँखा अस्पतालले नेपालगन्ज–१४ भवानियाँपुरमा एकदिने निशुल्क आँखाशिविर सम्पन्न गरेको छ ।

अस्पतालका नेत्र रोग विशेषज्ञ डा. प्रचन्ड गौतमको नेतृत्वमा भएको सो शिविरमा ३ सय १५ जनाले आँखा जाँच गराएका छन् ।

स्थानीय समाजसेवी ईन्द्रबहादुर थापाको पहलमा आयोजित सो शिविरको नेपालगन्ज उप–महानगरपालिका वडा नं. १४ का अध्यक्ष ओमकारनाथ मिश्रले उद्दघाटन गरेका थिए ।


सो शिविरमा आएका विरामी मध्ये ६४ जनामा मोतिबिन्दु, ७ जनामा जलबिन्दु, ३ जनामा रेटिनासम्बन्धित र १० जना बालबालिकामा आँखा टेडो हुने, आँसु झरीरहने, रातो हुने जस्ता समस्या देखिएको डा. गौतमले जानकारी दिए ।

शिविर स्थानीय महेन्द्र मावि भवानियाँपुरमा आयोजना गरिएको थियो ।

Next Post

पहिलो पटक बाँकेमा वडाध्यक्ष महासंघ गठन

२ चैत्र २०७५, शनिबार १८:१७
सदरलाइनडटकम, नेपालगञ्ज : पेशागत सुरक्षा र अधिकार प्राप्तिका लागि बाँकेका वडा अध्यक्षहरु संगठित भएका छन् । बाँकेका आठ वटै स्थानीय तहका वडा अध्यक्षको भेलाले वडा अध्यक्ष महासंघ तदर्थ समिति गठन गरेको छ । डुडुवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मोहनराम मिश्रको संयोजकत्वमा गठन भएको तदर्थ समितिले विधानको मस्यौदा […]