बारामा बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत

सदरलाइन संवाददाता ७ भाद्र २०८०, बिहीबार १३:३५
 

बारा : बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका ७ जनाको सनाखत भएको छ । आज बिहान १ बजे काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको तीर्थयात्री बोकेको बस जीतपुरसिमरा उपमहानगरपालिका– २२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा हुने ६ जना भारतीय नगरिकहरूमा राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देबी, ६० वर्षीया सत्यवती र एक जना नेपाली महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजयलाल पण्डित रहेका छन् ।


प्रहरीका अनुसार बस चुरियामाई मन्दिरबाट करिव १०० मिटर दक्षिणतर्फको खोलामा खसेको हो । बस दुर्घटनामा १९ जना घाइते भएका छन् ।

उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जानकारी दिएको छ । बस चालक भने दुर्घटनापछि फरार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर बितरण केन्द्रका कर्मचारीमाथि आक्रमण

७ भाद्र २०८०, बिहीबार १३:३५
नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित नेपाल बिद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रका कर्मचारीमाथि आक्रमण भएको छ । मंगलबार राती करिब ९ बजेको समयमा केन्द्रमा डयूटीमा खटिएका सिफ्ट इन्चार्ज फोरमेन लक्ष्मण केसीमाथि आक्रमण भएको हो । बितरण केन्द्रका अनुसार कोहलपुरका ग्राहकको एक समूहले गुनासोको बिषयलाई लिएर ३ वटा अटोमा कार्यालयभित्र प्रवेश गरि ड्यूटीमा […]