सरकारले प्रस्ताव फिर्ता लिएर सहमतिको बाटो खोज्न आवश्यक छ : एमाले वरिष्ठ नेता खनाल

१८ मंसिर २०७३, शनिबार १२:५३
 

सदरलाइनडटकम, img_0187
१८ मंसिर, नेपालगन्ज : नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता नलिएर आफै तुहेर जाने बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले बरिष्ठ नेता खनालले संविधानको  विषयमा असंतुष्टि  जनाउदै  आन्दोलनमा  रहेका मधेशी  मोर्चा र प्रमुख प्रतिपक्षले समेत असंतुष्टि जनाएको संशोधनको प्रस्ताबले निकास नदिने भएकोले सहमतिको बाटो खोज्न सुझाव दिए ।
उनले भने–‘सरकारले ल्याएको यो संशोधनको प्रस्ताव आफै तुहिन्छ र समाप्त हुन्छ त्यसैले समयमै सरकार आफैले प्रस्ताब फिर्ता लिएर मुलुकलाई फेरी सहमतिको बाटो तिर लैजानको लागि सरकारलाई मेरो सुझाव छ ।’ उनले प्रधानमन्त्रीले संविधानलाई सर्वस्वीकार्य बनाउछु भनेर भन्नु बालहठ भएको संज्ञा दिए ।
उनले मधेशबादी दलले समेत बिरोध गर्दै यो हाम्रो माग अनुसारको संशोधनको प्रस्ताव होईन भनेको अवस्थामा कसको लागि र कसको ईसारामा प्रस्ताव ल्याईएको हो त्यो कुराको औचित्य पुष्टि सरकारले गर्न आवश्यक रहेको बताए ।
उनले भने–‘यो संविधान ९० प्रतिशतले आफ्ना केही बिमतीलाई थाँती राख्दै स्वीकारेको संविधान हो भारतमा ६६ र अमेरिकामा ५२ प्रतिशतले मात्र स्वीकारेको संविधान छ । अनि कसरी संभव हुन्छ सर्बस्वीकार्य संविधान निर्माण ।’ उनले प्रधानमन्त्रीले आफ्नै पार्टीमा त संशोधनलाई सर्बस्वीकार्य बनाउन नसकेको बेलामा सबैले बिना कुनै बिरोधको संशोधन गर्छुभन्नु असंभव भएको स्पष्ट पारे ।
उनले हिजो प्रदेशको सिमाङ्कन गर्दा पनि एमालेले स्पष्ट रुपमा हिमाल, पहाड र तराई हुने गरी प्रदेश विभाजन गरिनु पर्छ भन्ने कुरा राख्दै आएको बताउदै प्रदेश नं.२ को सिमाङ्कनको बारेमा एमालेको रिर्जभेशन रहेको भएपनि सहमतिको आधारमा प्रदेश नं. २ को सिमाङ्कन कायम भएको बताए ।
एमाले पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ नेता खनालले अवको मिलन बिन्दू र निकास सरकारले विना शर्त हाल दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिदै सहमतिको आधारमा गर्ने र स्थानीयतह निर्वाचन सम्बन्धित ऐन पास गर्दै सके बैशाख नत्र जेठसम्ममा स्थानीय निकायको निर्वाचन गराउने तर्फ सरकारको ध्यान केन्द्रीत हुन आवश्यक भएको औल्याए ।


img_0183
सोही कार्यक्रममा उपस्थित रहेका एमाले महासचिव ईश्वर पोख्रेलले प्रदेशको सिमाङ्कनको बेलामा भएका छलफललाई लिएर एमालेले नवलपरासीदेखि बर्दियाको भूभागलाई मात्र प्रदेश बनाउन सहमति जनाएर सहि गरेको कुरा अत्यन्तै कपोलकल्पीत र झट भएको दावी गरे ।
उनले भने–‘त्यो विषयमा एमालेले आफ्नो धारणा राखेको छ भने कसले सहमति जनाएर सहि गरेको छ ?, एमालेको कुन बैठकमा पास गरेको छ त्यो भनिदिन र देखाईदिनलाई चुनौती दिन चाहान्छु ।’ प्रदेशको सिमाङ्कनको छलफलका क्रममा आएको कुरालाई सहमति भयो भन्न खोज्नु मुर्खता मात्र भएको उनको टिप्पणी थियो ।
उनले सरकारले अहिले पेस गरेको संशोधनको प्रस्ताव पास गराउछु भन्नु मुर्खता मात्र भएको उल्लेख गर्दै भने–‘सरकारले यो प्रस्ताव पास गराउन त के सरकार मै सहभागि भएका दलका संसदहरु ठिंग र सग्लो पार्टीको रुपमा उभिन सक्छन की सक्दैनन हेर्न बाँकी छ ।’
उनले मुलु्कको राष्ट्रियताको सवालमा कोही पनि लम्पसार परेर नबस्ने भएकोले पनि प्रस्ताव ल्याउने पार्टी भित्रै प्रस्तावका बिपक्षमा स्वरहरु गुञ्जिएको बताए । उनले मुलुकको राष्ट्रियतामा माथि नै धावा बोल्ने गरी प्रस्ताव आउनु नै राष्ट्रको बेईज्जत भएकोले एमालेले संसद अवरुद्ध गर्दै आएको स्पष्ट पारे । सुर्खेतको बिरेन्द्रनगरमा पार्टीको प्रदेश नं. ६ को प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आईपुगेका नेताद्वय खनाल र पोखे्रल शनिबारै काठमाण्डौ प्रस्थान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान संशोधनबिरुद्ध बाँकेमा संयुक्त संघर्ष समिति, सोमबार दिउसो बिरोध प्रर्दशन गरिने

१८ मंसिर २०७३, शनिबार १२:५३
सदरलाइनडटकम  १९ मंसिर नेपालगन्ज : संविधान संशोधन प्रस्तावको विरोधमा बाँकेमा संयुक्त संघर्ष समिति निर्माण भएको छ । एमाले बाँके, माले बाँके, राष्ट्रिय जनमोर्चा बाँके, र नेपाल मजदुर किसान पार्टी बाँकेले संयुक्त रुपमा संविधान संशोधनका बिरुद्ध आन्दोलन चर्काउने भएका हुन । आईतबार साँझ एमाले बाँकेको कार्यालयमा भएको संयुक्त बैठकले संयुक्त संर्घष समिति […]

सम्बन्धित