जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन २८, २०७५       | 19 Views   ||

सदरलाइनडटकम,
हेटौडा : भक्तपुरबाट हेटौँडाका लागि गएको बस मकवानपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मंगलवार भएको दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जन्ती बोकेको बस मकवानपुरको गढी गाउँपालिकाको चैनपुर भन्ने ठाउँमा दुर्घटनामा परेको हो । ना २ ख २२१७ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसमा २८ जना सवार थिए । घाइतेलाई थप उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
मृतकको पहिचान खुलेको छैन । दुर्घटनाको उद्धारका लागि मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराई नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २८, २०७५     3:59:01 PM  |