वामदेव गौतम एमालेमै रहेको स्पष्टोक्ति

सदरलाइन संवाददाता ६ भाद्र २०७८, आईतवार १७:१०
 

काठमाण्डौ : नेता वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले प्रस्ट्याएको छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ ।

’पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ स्वकीय सचिव दीपक टमाटाले लेखेका छन्, ’क. वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो ।’


बजारमा भइरहेको प्रचारप्रसारमा कुनै सत्यता नरहेको पनि उनले प्रस्ट्याएका छन् । गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने जनाएका थिए ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि गौतमले स्थायी कमिटी बैठक बहिष्कार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार र मंगलवार भेरोसेलको दोस्रो डोज लगाईंदै

६ भाद्र २०७८, आईतवार १७:१०
नेपालगञ्ज : बाँकेमा सोमवारदेखि भेरोसेल खोपको दोस्रो डोज खोप लगाउन शुरु गरिएको छ । कोभिड विरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जिल्लाका ८१ वटै वडाका स्वास्थ्य संस्थाबाट लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । गत साउन ३ देखि १२ गतेसम्म खोप लगाएकालाई भदौ ७ […]