कल्पना स्मृतीकोष स्थापना कलाकार माहोन गौतम सम्मानीत

२० भाद्र २०७३, सोमबार १२:२५
 

unnamedसदरलाइनडटकम
२० भदौ दैलेख : गतवर्षको वैशाख १२ गतेको भूकम्पमा परी मृत्यु भएकी कल्पना थापाको नाममा एभरेष्ट क्लव दैलेखले ‘कल्पना स्मृति’ कोषको स्थापना गरेको छ । एभरेष्ट क्लव दैलेखले आफ्नो २३ औ स्थापना दिवस पारेर संस्था स्थापना गर्न संस्थालाई बिभिन्न सहयोग गरेको भन्दै उनका नाममा ‘कल्पना थापा स्मृति कोष’ स्थापना गरेको एभरेष्ट क्लव दैलेखका अध्यक्ष दिपककुमार शाहीले बताए ।
पहिलो पटक स्थपना गरिएको स्मृति कोषबाट एभरेष्ट क्लवले पहिलो पटक दैलेखको कला साहित्यमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै कलाकार मोहन गौतमलाई नगद ११ हजार १ सय ११ रुपैया सम्मान पत्रसहति सम्मान गरिएको छ ।
सो सम्मान राप्रपा नेपालका सांसद तथा पूर्व संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीले उक्त पुरस्कार बितरण गरेको थिईन । क्लबका सदस्य ३७ वर्षिय कल्पना थापाको बिनाशकारी भुकम्पमा भक्तपुर नगरपालिका–२ जेलास्थित आफ्नै घरमा निधन भएको थियो ।
स्व. थापाले खेल गतिविधिमा समेत विभिन्न पदक प्राप्त गरेकी थापा मध्यपश्चिमकै उत्कृष्ट नाट्य विधाबाट समेत परिचित थिईन । एभरेष्ट क्लव दैलेखले प्रत्येक बार्षिक साधारण सभामा कला संस्कृती र खेलकुदको क्षेत्रमा अतुलनीय सहयोग पु¥याउने एक जनालाई सम्मान गर्ने बताएको छ ।
क्लवका अध्यक्ष दिपककुमार शाहीले कल्पना स्मृती कोषको रुपमा खडा नभई बार्षिक रुपमा यसको पुरस्कारको रासी बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशगजामा अन्तरदेशिय मानव साङ्लो प्रदर्शन

२० भाद्र २०७३, सोमबार १२:२५
 सन्दर्भ: मानव बेचविखन बिरुद्धको राष्ट्रिय दिवस सदरलाइनडटकम/रुद्र सुवेदी २० भदौ, नेपालगन्ज : ‘एउटै लक्ष एउटै सार मनव बेचबिखन अन्त्य हाम्रो साझा सरोकार’ भन्ने नाराका साथ नेपाल भारत सीमा क्षेत्र जमुनाहको दशगजामा मानव बेचविखन बिरुद्ध अन्तरदेशिय मानव साङलो प्रदर्शन गरिएको छ । मानव बेचबिखन बिरुद्धको जिल्ला समन्वय समिति बाँकेको आयोजनामा नेपाल–भारतका […]

सम्बन्धित