सदरलाइनडटकम,
डुडुवा (बाँके) : प्रत्येक बर्ष जस्तै यस वर्ष पनि बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा शुक्रवारदेखि धार्मिक मेला शुरु भएको छ । मियागञ्जमा शुरु भएको धार्मिक मेला चार दिनसम्म चल्ने छ ।
बनकट्टीस्थित सुफी सन्त हजरत ईब्राहिम खलिल अहमद शाहको उर्समा लाग्ने मेलामा विभिन्न धार्मिक कार्य हुने गरेको मेलाका संस्थापक ईस्राइल अहमद शाहले जानकारी दिए । मेलामा १८ गते बेलुकी कौवाली र १९ गते बिहान गागर, २० गते अन्तिम दिन चादर चढाउने कार्य हुने संस्थापक गद्दी नशिन शाहले बताए ।
