नेपालगञ्ज : युवा बाताबरण र कृषिको क्षेत्रमा कृयाशिल फोर एच नेपालको समन्वय तथा एसिया फोर एच नेटवर्कको आयोजनामा आगामी २०८२ मंसिर ७ गतेदेखि ११ गतेसम्म् पाचाँै फोर एच इन्टरनेसनल ग्रीन समिट काठमाण्डौँमा आयोजना हुने भएको छ ।
नेपालगञ्जमा पत्रकार सम्मेलन गरि औपचारिक रुपमा यसको जानकारी गराईएको छ । एसिया फोर एच नेटवर्कका संयोजक लोकराज अवस्थीले २४ वटा देशका एक सय ५० जना प्रतिनिधीहरुको उपस्थितीमा उक्त सम्मेलन हुन लागेको समेत बताए ।
उनले समीटमा फोर एच संस्था, फोर एच क्लब, विश्वविद्यालयहरु, अन्तर्राष्ट्रिय दातृ निकायहरु विज्ञ लागएतको टोलि सो सम्मेलनमा सहभागी रहने समेत जानकारी दिए ।


समिट अवधिभर बिभिन्न कार्यपत्रहरु प्रस्तुत गरि कार्यक्रमको अन्तिम दिन एसिया ग्रीन घोषणा पत्र जारी गरि तीन वर्षका लागि एसिया फोर एच नेटवर्कको नयाँ नेतृत्व समेत चयन गरिने पत्रकार सम्मेलनमा अवस्थीले जानकारी दिए ।
यसैगरी पत्रकार सम्मेलनमा बोल्दै फोर एच नेपालका अध्यक्ष विष्णुप्रसाद वेल्वासेले यस सम्मेलनमा जलवायु परिर्वतनले विश्वमा पारेको प्रभाव, युवा, बैदेशिक आप्रवासन तथा रोजगारी, हरित कृषि र एसियाको अवस्था, जलवायु न्याय, दिगो विकासको अवस्था, ग्रीन इकोनोमि र उद्यमशिलता लगाएतका विषयहरुमा छलफल हुने बताए ।
फोरएच नेपालका अध्यक्ष बेल्वासेले फोर एच नेपालले बिगत १० वर्षदेखि नेपालमा युवा, उद्यमशिलता, जलवायु परिवर्तन, कृषि तथा नीति पैरबी लगाएतको क्षेत्रमा काम गर्दै आइरहेको समेत जानकारी दिए ।
फोर एचको स्थापन सन् १९०२ मा अमेरिकाबाट शुरु भएको एक सय २२ वर्ष भएको छ । फोर एच विश्वका ५२ देशमा सक्रिय रुपमा काम गर्दै आइरहेको छ । सदस्यका हिसावले ७१ देशमा फैलिएको छ भने सदस्यहरुको संख्या भने दुई करोड ६०लाख भन्दा बढि सदस्य रहेको विश्वको बलियो संगठनको रुपमा आफुलाई उभाउदै आएको छ ।