शिवरात्री विशेष कार्यक्रम नेपालगञ्जमा शुरु

१६ फाल्गुन २०७५, बिहीबार १९:०४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा पहिलो पटक चौथो शिव साधना अर्थात् शिवरात्री बिशेष बिहीवारबाट शुरु भएको छ । परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदन बाबाको सानिंध्यमा शुरु भएको शिवरात्री विशेष २० गतेसम्म सञ्चालन हुनेछ । शिव साधना आयोजना मुल समिति नेपालगञ्जको आयोजनामा नेपालगञ्जको भेरी प्राविधिक शिक्षालय पछाडी भृकुटीनगरमा शिव साधना शुरु भएको हो ।
शिव भगवानको पूजा र आरधाना गर्ने विशेष दिन शिवरात्रीका अवसरमा आयोजना गरिएको साधनाका क्रममा साधकहरु प्रार्थना, ध्यान, जप, सत्सङ र योगमा लिनहुनाका साथै परम उद्धारकर्ता संकटमोचन स्वरुप श्रद्धय गुरुदेव श्री मदनबाबाको मुखारविन्दबाट सत्मार्गमा लाग्न जीवन उपयोगी प्रवचन सुन्न भक्तजनहरु साधनामा आएका छन् ।
साधनाको अन्तिमदिन पितृहरुको उद्धार एव्म साधक साधिकामा विद्यमान रोग, दोष, विध्नबाधाबाट मुक्ति प्राप्त गर्न महारुद्री अनुष्ठान सहितको सवा करोड ज्योति प्रज्वलन पनि गरिने साधना आयोजना मुल समितिका प्रचार संयोजक ओबिराज आचार्यले जानकारी दिए । साधनामा नेपालका बिभिन्न जिल्ला र भारतका गरी १५ सय बढीको सहभागिता रहेको संचार संयोजक आचार्यले बताए ।
साधनालाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्नका लागि बिभिन्न समितिहरु समेत गठन गरिएको छ । जस अन्तरगत आर्थिक व्यवस्थापन, प्रचार प्रसार, स्वागत तथा सत्कार, भोजन व्यवस्थापन, आवास, मञ्च तथा टेन्ट व्यवस्थापन, दैनिकपूजा, रुद्री र सवाकरोड ज्योति प्रज्वलन, खानेपानी तथा सरसफाई, सुरक्षा र कार्यसम्पादन समिति गठन गरिएको प्रचार संयोजक आचार्यले बताउनु भयो । साधना वरिपरिको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलगायत रक्षक सुरक्षा ग्रुपले सुरक्षा प्रदान गरिरहेको छ ।

Next Post

नेपालगञ्जमा प्रादेशिक खेलकुद प्रतियोगिताको सुरुवात

१६ फाल्गुन २०७५, बिहीबार १९:०४
सदरलाइनडटकम, नेपालगञ्ज :  पाँच नंम्बर प्रदेशस्तरिय खेलकुद प्रतियोगिता बिहीबारदेखि नेपालगञ्जमा शुरु भएको छ । प्रदेशस्तरीय खेलकुद प्रतियोगतालाई ५ नं. प्रदेशका कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री आराती पौडेलले निर्णायकलाई खेल सामाग्री हस्तान्त्रण गरी प्रतियोगिताको सुरुवात गरेकी हुन । पाँच नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्ने गरी तय भएको सो […]