कांग्रेस बाँकेद्वारा संस्थापक नेताहरुलाई सम्झँदै माल्यार्पण

सदरलाइन संवाददाता २४ कार्तिक २०८०, शुक्रबार १२:३९
 

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले आफ्ना संस्थापक शीर्षस्थ नेताहरुलाई सम्झँदै माल्यार्पण गरेको छ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष स्वर्गीय गणेशमान सिंहको १०९औं जन्मजयन्ति एवम् संस्थापक नेता सुवर्ण शमशेरको ४७औं स्मृति दिवसका अवसरमा शुक्रवार विहान नेपालगञ्ज गणेशमान चोकमा माल्यार्पण कार्यक्रम गरिएको हो ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले स्वर्गीय सिंहको शालिकमा माल्यार्पण गरेका हुन् । साथै स्वर्गीय शमशेरको फोटोमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी र सभापति गौडेलले माल्यार्पण गरेका थिए ।


कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले संस्थापक नेताहरुको त्याग, तपस्या र बलिदानले बनेको पार्टीलाई अझ जनमुखी र लोकप्रिय बनाउन सबै नेता कार्यकर्ताले निस्वार्थ भावले काम गर्नुपर्ने बताए । सभापति गौडेलले पार्टीका संस्थापक शीर्षस्थ नेताहरुको योगदान र समर्पणभावले मुुलुकमा लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताउँदै लोकतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्न कांग्रेसको भूमिका अहम् रहेको उल्लेख गरे । उनले नेताहरुले देखाएको बाटोमा पार्टी हिंड्न सक्नुपर्नेमा जोड दिए ।

सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको माल्यार्पण कार्यक्रममा उपसभापति गोपालप्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

२४ कार्तिक २०८०, शुक्रबार १२:३९
बर्दिया : तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको गुलरिया नगरपालिका–३ स्थित खैरीमा व्यावसायिकरूपमा पुष्पखेती गर्दै आएकी […]

सम्बन्धित