नरैनापुरबाट २ सय ६३ को स्वाब संकलन

३ जेष्ठ २०७७, शनिबार १९:४६
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाबाट २ सय ६३ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । यहाँ आठ जना कोरोना संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङ्ग गरी शनिवार २ सय ६३ जनाको थ्रोट स्वाब संकलन गरिएको हो ।
बैशाख ३१ र १ गतेको बीचमा नरैनापुरको दुई वटा क्वारेन्टाइनबाट संकलन गरिएको थ्रोट स्वाबको परीक्षणमध्ये आठ जनाको नजिता पोजेटिभ आएपछि स्वाब संकलन शुरु गरिएको हो । क्वारेन्टाइनमा रहेका ४५ जनाको थ्रोट स्वाब परीक्षणमा ८ जनामा कोरोना संक्रमण रहेको भेटिएको थियो ।
आदर्श माबि लक्ष्मणपुर क्वारेन्टाइनबाट ८७, दिपेन्द्र माबि भोज भगवानपुरबाट ३९, नेरा प्राबि हुलासपुरबाट ७२ र जयकिशान माबि भगवानपुर क्वारेन्टाइनबाट ६५ जनाको थ्रोट स्वाब संकलन गरिएको जिल्ला स्वास्थय कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
पहिलो चरणमा कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरी स्वाब संकलन गरिएको र छुटेको पाइए अन्यको पनि नमुना लिन फोकल पर्सन श्रेष्ठले बताए ।

Next Post

बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बस्दै आएका युवकको मृत्यु

३ जेष्ठ २०७७, शनिबार १९:४६
सदरलाइनडटकम, नेपालगञ्ज :  बाँकेको नरैनापुर गाउपालिकाको एक क्वारेन्टाईनमा बसेका २५ वर्षिय युवकको मृत्यु भएको छ । गत ३० गते भारतबाट आएका उनी गाउपालिककाले निर्माण गरेको क्वारेन्टाईनमा बस्दै आएका थिए । खाना खाएर सुतेका उनले राती एक्कासी बान्ता गरेर बेहोस भएपछि मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । उनको मृत्युको कारण […]