बाँकेका ग्यास बिक्रेता पनि आन्दोलित

१० फाल्गुन २०७५, शुक्रबार १५:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : एलपी ग्यास उद्योगीको आन्दोलनमा बाँकेसहित देश भरिका बिक्रेताले ऐक्यवद्धता जनाएका छन् । पत्रकार सम्मेलन गरेर ग्यास बिक्रेता संघले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताएको हो ।
यसअघि बिहीवार उद्योगीहरुले विभिन्न १० बुँदे माग राखेर पूरा गर्न १० दिनको अल्टिमेटम दिएका थिए । संघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले ग्यास बिक्रि वितरण ठप्प पार्नु रहर नभई बाध्यता भएको बताए । सरकारले लामो समयसम्म पनि आफ्ना सुनुवाई नगरेको कारण बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको अध्यक्ष श्रेष्ठले बताए ।
सरकारले जायज मागहरु पूरा गरे आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने उनले बताए । एलपी ग्यास उद्योगीहरुको आन्दोलनमा देशैभरीका बिक्रेताको समर्थन रहेको भन्दै संघका महासचिव विनोद काफ्लेले माग पूरा नभए फागुन ३० गते ग्यास बिक्री वितरण ठप्प पारेर डिलरमा भएका खाली सिलिण्डर सम्बन्धित निकायमा बुझाउने चेतावनी दिए ।
संघले ६ बुँदामा आफ्ना मागहरु अघि सारेको छ । उद्योगीहरुको माग पूरा गर्नुपर्ने, बिक्रेता प्रमाणीकरण प्रक्रिया तत्काल शुरु गर्नुपर्ने, बिक्रेता वितरकको कमिसन मूल्यको कम्तीमा ६ प्रतिशत हुनुपर्ने रहेका छन् । यसैगरी उपभोक्ता जनचेतना कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्नुपर्ने, डिलर र डिलरमा काम गर्नेहरुको बीमा गरिनुपर्ने र ग्यास बिक्रेताहरुलाई आवश्यक तालिमको व्यवस्था हुनु पर्ने माग संघले अघि सारेको छ ।

Next Post

‘सबैलाई पायक पर्ने ठाउँमा राजधानी तोक्नु पर्ने’

१० फाल्गुन २०७५, शुक्रबार १५:२१
सदरलाइनडटकम, दाङ : उर्जा तथा जलश्रोत मन्त्री बर्षमान पुनले प्रदेश नं. ५ को स्थानीय राजधानी प्रशासनिक पहुँच पुग्ने स्थानमा तोक्नुपर्ने बताएका छन् । राजधानी तोक्ने अधिकार प्रदेशसभालाई रहेको भन्दै यस बिषयमा केन्द्रीय सरकारले हस्तक्षेप नगर्ने समेत उनले बताए । रिपोटर्स क्लव दाङले शुक्रवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले […]

सम्बन्धित