युवा गायक सम्पथको गीत बजारमा

८ फाल्गुन २०७५, बुधबार १८:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो समय गीत संगीतको बजार पहिलेको भन्दा फरक छ । केहि दशकयताको अवस्थामा गीत संगीतमा धेरै फेरबदल हुँदै आएको छ । अत्याधुनिक रेकर्डिङ स्टुडियो, सामग्री, नयाँ प्रविधि र गीत संगीतमा विभिन्न प्रयोगहरुले गर्दा पनि फरकपना आएको छ । तर पनि कतिपय अवस्थामा गीत संगीतको मर्म नबुझेर रेकर्डिङ गर्दा गीतहरु बिग्रदैं गएको बारे धेरैले चिन्ता व्यक्त गर्दै आएका पनि छन् ।
केहि समययता गीत संगीतको बजारमा नयाँ पुस्ता विस्तारै हावी भने हुन थालिसकेको छ । गीत गाएर केहि हुँदैन भन्ने मान्यता बिस्तारै हराउँदै जान थालेको छ । यसलाई व्यवसायिक रुपमा लैजान सकिन्छ भनेर धेरै आशालाग्दा युवाहरु यो भेलमा आफ्नो पहिचान बनाउने अभियानमा छन् । आफ्नो पहिचान बनाउने मध्येका एक हुन् गायक सम्पथ ढकाल । अहिलेको अवस्थामा गीत गाउनु उनको सोख हो ।
उनी गीत मात्रै गाउँदैनन् उनी गीत पनि लेख्छन् र गीतमा जिवन्त संगीत भर्ने पनि काम गर्छन् । बासँगढि बर्दियामा उनको स्थायी बसोबास भएपनि अध्ययनको सिलसिलामा उनी राजधानी बस्दै आएका छन् । भविष्यमा आफ्नै क्षेत्रको भाषा, संस्कृति झल्काउने खालका गीतहरु गाएर पश्चिमलाई चिनाउन आफु लागि पर्ने इआवाजलाई बताएका छन् । उनले ३ वटा हिन्दी कभर गीतमा आवाज दिएका छन् ।
हालसालै रिलीज भएको सातौं जनम बोलको गीत र म्यूजिक भिडियो बजारमा चर्चामा रहेको छ । उनकै शब्द रचना, संगीत र स्वरमा रहेको गीतको म्यूजिक भिडियो अलंकार रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको छ । सो गीतमा विशाल निरौलाको एरेन्ज र मिक्सिङ रहेको छ भने आवाज गुरुङ्ग र सुशिक्षा पराजुलीको अभिनय छ ।

Next Post

सशस्त्र प्रहरीद्वारा अवैध चल्ला नष्ट

८ फाल्गुन २०७५, बुधबार १८:४०
सदरलाइनडटकम, कपिलवस्तु : सशस्त्र प्रहरीले कपिलवस्तुमा ठूलो परिमाणको अवैध चल्ला बरामद गरी नष्ट गरेको छ । भारतबाट अवैधरुपमा ल्याउँदै गरेको बोईलर कुखुराको पाँच हजार गोटा चल्ला कृष्णानगर नगरपालिका वडा नं. ३ सूरही खोला नजिक सशस्त्र प्रहरीले बरामद गरेको हो । विशेष सुराकीको अधारमा कृष्णानगर सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक […]

सम्बन्धित