खजुरा मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता सम्पन्न

७ फाल्गुन २०७५, मंगलवार २१:४९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा संचालित प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता मंगलवार सम्पन्न भएको छ । प्रतियोगितामा मावितर्फ ज्ञानोदय नमूना मावि प्रथम, धु्रबतारा मावि द्वितिय र गुराँस मावि तृतीय भएका छन् ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, पूर्व सिँचाई राज्यमन्त्री दलबहादुर सुनार, खेलकूद विकास समिति प्रदेश नं. ५ का अध्यक्ष भीम वली, खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीलगायतले सफल विद्यालय तथा विद्यागत विजेता खेलाडीलाई शिल्ड, ट्रफी तथा प्रमाणपत्र वितरण गरे ।
सो प्रतियोगितामा निमावितर्फ नेरा मावि मनकामनापुर प्रथम, जेनिथ मावि खजुरा दोस्रो र अरुणोदय मावि खजुरा तेस्रो भएका छन् । समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख कक्षपतिले आगामी वर्षदेखि शैक्षिक क्यालेण्डरमा मंसिरको अन्तिम साता अथवा पुसको पहिलो हप्तामै मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता संचालन गरिने बताए ।
प्रावितर्फ ६, निमावि १७ र मावितर्फ ३१ खेलमा प्रतिस्पर्धा गराइएको सचिवालय प्रमुख यमनारायण महतोले जानकारी दिए । प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ५ सय विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा मावि तर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २० हजार, द्वितियलाई १० हजार र तृतीयलाई ७ हजार रुपैयाँको पुरस्कार प्रदान समेत गरिएको थियो भने निवावितर्फ क्रमश ः १० हजार, ७ हजार र ५ हजार पुरस्कार राशी राखिएको थियो ।  

Next Post

सुत्केरी हुँदा जटील भएपछि डोल्पाबाट हेलिकप्टरले गर्यो उद्दार

७ फाल्गुन २०७५, मंगलवार २१:४९
सदरलाइनडटकम, नेपालगञ्ज  : घरमै सुत्केरी भएकी डोल्पा काईके गाउपालिका वडानं. २ सहताराकी ४० वर्षिया शान्ति बुढाको साल अड्किएर अत्याधिक रक्तश्राव भई जटिल अवस्थामा पुगेको अवस्थामा हेलिकप्टरबाट उद्दार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याईएको छ । मंगलबार बिहान ७ बजे घरमै छोरा जन्माएकी बुढालाई अत्यधिक रक्तश्राब भएपछि थप उपचारको […]