राप्ती सोनारीले गर्यो ९ बुँदे साझा प्रतिबद्धता

सदरलाइन संवाददाता २४ कार्तिक २०८०, शुक्रबार १२:३४
 

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाँउपालिकाले ९ बुँदे साझा प्रतिबद्धता घोषणा गरेको छ । राप्ती सोनारी गाँउपालिका वडा नम्बर ६ को सिद्धेश्वर माध्यामिक बिद्यालय फत्तेपुरमा राप्ती सोनारी गाँउपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा सम्पन्न भएको सार्बजनिक सुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धता घोषणा गरिएको हो ।

दुई सय जनाको उपस्थितिमा सञ्चालन गरिएको सार्बजनिक सुनुवाईमा सरोकारवालाहरु समक्ष आफ्ना समुदायमा भएका समस्याहरुलाई लिएर सेवाग्राहीहरुले प्रश्न राखेका थिए । राप्तीसोनारी वडा नम्बर ७ नारापानीमा सडक निमार्णमा पालिकाले चासो नदिएको र युवाहरुको लागि खेलकुदका कार्यक्रम नियमित गराउन नसकेको गुनासो सहभागी वडा नम्बर ७ का सन्तोष बिश्वकर्माले राखेपछि गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले गाँउपालिकाबाट संचालन गर्ने सबै खेलकुदहरुलाई कार्यतालिका निर्माण गरि नियमित सञ्चालन गर्ने र उक्त सडक यही बर्ष निमार्ण गरिसक्ने बताएका थिए ।


गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरु, एकदेखि नौ वटै वडाका अध्यक्षहरु र वडा सचिवहरु जवाफदेही बक्ताको रुपमा रहेको सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थित सहभागीहरुले सिचाईको अभाव, बिजुली बत्ति नभएको, पशुपालन समस्या रहेको, महिला स्वास्थ्य स्वयंसेबिका हरुको सुबिधा थप नभएको, स्वास्थ्य संस्थामा औषधी अभाव रहेको, दलित बर्गको कार्यक्रमहरु नभएको, सडक निर्माण प्रभावकारी नभएको, पालिकाको योजना तर्जुमा गर्दा स्थानियहरुलाई थाहा नदिएको, बिशम्पुर गाँउमा सिचाई सुबिधा नभएको लगायतका गुनासोहरु राखेका थिए ।

अनौपचारिक रुपमा सञ्चालन गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि बास नेपालका केन्द्रीय उपाध्यक्ष बिव कुमार बर्माले प्रकाश पारेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा गाउँपालिकाको चौमासिक प्रगती तथा उपलब्धिहरुको बारेमा जानकारी गराएको कार्यक्रममा नागरिक प्रतिबेदन पत्र तथा बहिगमन अधिमत बास नेपालका अधिलेखीकरण अधिकृत रबिन्द्र बोहराले प्रस्तुत गरेका थिए । बिहीवार सम्पन्न कार्यक्रमको सहजीकरण बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस बाँकेद्वारा संस्थापक नेताहरुलाई सम्झँदै माल्यार्पण

२४ कार्तिक २०८०, शुक्रबार १२:३४
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले आफ्ना संस्थापक शीर्षस्थ नेताहरुलाई सम्झँदै माल्यार्पण गरेको छ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष स्वर्गीय गणेशमान सिंहको १०९औं जन्मजयन्ति एवम् संस्थापक नेता सुवर्ण शमशेरको ४७औं स्मृति दिवसका अवसरमा शुक्रवार विहान नेपालगञ्ज गणेशमान चोकमा माल्यार्पण कार्यक्रम गरिएको हो । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले स्वर्गीय […]

सम्बन्धित

ताजा अपडेट